पहिरोले पुरिएर महिलाको मृत्यु

तनहुँ, (नेस) तीन दिनदेखि परेको निरन्तरको वर्षाका कारण पहिरोमा पुरिएर एक महिलाको ज्यान गएको छ । व्यास नगरपालिका–१ निर्मलनगरको छाब्दी खोला दोभानकी ६३ वर्षीया सरस्वती घर्तीको ज्यान गएको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिनुभयो । राति १ बजे घर पछाडिबाट खसेको पहिरोले घरको काठको बलो खसेर पुरिँदा घाइते घर्तीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान […]

सम्बन्धित सामग्री

पहिरोले पुरिएर महिलाको मृत्यु

गएरातीदेखि परेको पानीसँगै पहिरो जादाँ धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ बेसारेमा एक महिलाको मृत्यु भएको छ । २४ वर्षीया शर्मिला राना मगरको मृत्यु भएको प्रहरीले जानकारी दिए।...

सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुक्खा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेको समयमा पहिरोले पुरिएकी अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको हो ।

सुक्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुक्खा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेको समयमा पहिरोले पुरिएकी अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको हो ।

स्याङ्जाको राम्दीमा पहिरो, एक महिलाको मृत्यु

पहिरोले पुरिएर राम्दीमा एक महिलाको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दी बजारमा आज घरमाथिबाट ठूला ढुङ्गासहित आएको पहिराले घर पुरिएर वालिङ नगरपालिका–१४ की ४० वर्षीया धनमाया उम्राको निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।उनका अनुसार गुल्मीको छत्रकोट–५ की लक्ष्मी बस्नेतले सञ्चालन गर्दै आउनुभएको होटलमा बसेका बेला माथिबाट आएको पहिरोले पुरिएर उम्राको निधन भएको हो । कालीगण्डकी नदीको किनारमा रह

तनहुँमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, एकजना बेपत्ता

२४ असार, तनहुँ । तनहुँकाे ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । वडा नम्बर ७ दधिवनमा पहिरोमा पुरिएर ५२ बर्षीया देवीसरा थापाकाे मृत्यु भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । बिहीबार बिहानको …

तनहुँमा पहिरोले पुरिएर महिलाको मृत्यु

तनहुँको ऋषिङ गाउँपालिका–७ डढीवनमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले पुरिएर आज बिहान ती महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको वडा सदस्य याम सारुमगरले जानकारी दिए । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको हो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल हुनुभएको छ । “घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गड्यो, चप्पल टिप्न खोज्दा पहिरोले पुर्यो,” उनले भने,

बझाङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, भिरबाट लडेर एक बेपत्ता

ललित सिंह, बझाङ । बझाङको तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । रजाडामा धारामा पानि भर्दै गर्दा शुक्रबार जमिन भासिएर पहिरो जाँदा पहिरोमा पुरिएर स्थानीयवासी ६० वर्षीया सुना दमाईको ज्यान गएको हो । पानि भर्न गएकी दमाईको पहिरामा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले बताउनुभयो । उहाँले […]

पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु

तनहुँ : व्यास नगरपालिका–१ निर्मलनगरको छाब्दी खोला दोभानमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीया सरस्वती घर्ती रहेको प्रहरीले जनाएको छ।तीन दिनदेखि लगातारको वर्षाका कारण गएको पहिरोले सरस्वतीलाई पुर्दा घाइते भएकी थिइन्। उनलाई उपचारका लागि लैजाने तयारी गर्दा मृत्यु भएको वडा अध्यक्ष खरसिङ दरैले जानकारी दिए। प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार घरका अन्य सदस्य अर्कै कोठामा सुतेका कारण सकुसल रहेका छन्।

गोरखामा गोठ पुरिँदा महिलाको मृत्यु

५ साउन, काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा पहिरोले पुरिएर महिलाको मृत्यु भएको छ । सोमबार विहान बाख्रालाई घाँस दिन गएका बेला गोठ पहिरिँदा ३४ वर्षकी लक्ष्मी गुरुङको मृत्यु भएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले …