वर्षाले तरकारी बालीमा क्षति

अविरल वर्षाले धनुषामा धान बालीसँगै तरकारी बालीमा समेत क्षति भएको छ । हरियो तरकारी खेतीको केन्द्र मानिएको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका किसानको सयौं बिघामा लगाइएको काउली, भान्टा, गोलभेडा, खुर्सानीलगायत मौसमी तरकारी खेतीमा वर्षाले क्षति भएको हो ।विक्रीका लागि तयार रहेको काउली, उम्रिदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारी बाली वर्षाले नोक्सान भएको स्थानीय किसान सत्यनारायण महतोले बताए । एक बिघामा लगाइएको काउली बेच्ने समय भइसकेको अवस्थामा वर्षाले नष्ट भएको उनको भनाइ छ ।वर्षाले तरकारी

सम्बन्धित सामग्री

समयमै क्षतिको विवरण नआउँदा राहतमा ढिलाइ

मंसिर १, बैतडी । कात्तिक पहिलो साता परेको अविरल वर्षाले बैतडीमा ठूलो धनजनको क्षति भएको थियो । अहिलेसम्म वर्षातबाट गएको बाढीपहिरोले गरेको क्षतिको पूर्ण विवरण आउन नसक्दा राहतमा ढिलाइ भएको छ ।  पहिरोले चार जनाको मृत्य भएको थियो भने करोडौको भौतिक संरचना, अन्नबाली लगायतका क्षेत्रमा क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा ६ स्थानीय तहले मात्र क्षतिको विवरण पठाएका छन् । अझै चार स्थानीयतहको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ । विवरण नपठाउनेमा गाउँपालिकामा डिलाशैनी र पञ्चेश्वर छन् भने नगरपालिकामा मेलौली र पूर्चौडी रहेका छन् । वर्षातले बाटो अबरुद्ध भएकोले समयमा जनधनको क्षति भए पनि जिल्ला विपत व्यवस्थापनको टोली घटनास्थलमा पुग्न सकेको थिएन । टोली आफै घटनास्थलसम्म नपुग्दा क्षतिको विवरण संकलनमा स्थानीय तह र प्रहरीको भर पर्नु परेको हो । संकलन नभएका स्थानीय तहको विवरण संकलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । ‘प्रहरीको मुचुल्का सहतिको विवरण माग गरेका छौँ’ उनले भने ।  महीना दिन हुन लाग्दा पनि कुनै राहत नपाएको पञ्चेश्वर २ का बाढि पीडित हरि चन्दले बताए । क्षतिको विवरण संकलन भएका स्थानीय तहमा ३० घरमा पूर्ण र ४५ घरमा आंशिक क्षति पुगेको छ । यस्तै  झोलुंगे पुल, विद्यालय, सिँचाइ आयोजना, सडक र स्थानियले उत्पादन गर्ने खेतमा क्षति पुगेको छ । यस्तै, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाबाट संकलन गरेको तथ्यांक अनुसार १ हजार ३८० मेट्रिक टन अन्नबाली र तरकारी बालीमा क्षति भएको छ । विवरण संकलन भएका ६ ओटै स्थानीय तहमा वर्षातले १ हजार १४० हेक्टर क्षेत्रफलमा १ करोड २३ लाख मूल्य बराबरको अन्नबाली र तरकारीमा क्षति गरेको छ । सबैभन्दा बढि जिल्लाको सिगास गाउँपालिकामा क्षति भएको छ । सिगासमा मात्रै १ हजार १०० मेट्रिक टन अन्नबालीमा क्षति पुगेको छ भने अरु स्थानीय तहमा यो भन्दा कम रहेको विवरणमा उल्लेख गरिएको छ ।  जिल्लाको शिवनाथमा एकै परिवारका तीन र सूर्नया गाउँपालिकामा एकजनाको मृत्यु भएको थियो । अहिले घरमा क्षति भएकाहरु आफन्तको घरमा बसेका छन भने आंशिक घर क्षति भएकाहरु त्यहि घरमा बसिरहेका छन् । आधाजतिले धान भित्र्याइ सकेकाले पनि बालीको कम क्षति भएको स्थानीयतहले बताएका छन् ।

लगातारको वर्षाले सुदूरपश्चिममा कृषि बालीमा क्षति

धनगढी– आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण कैलाली–कञ्चनपुरलगायत सुदूरपश्चिमका किसानले ठूलो क्षति व्यहोरेका छन्। कैलाली–कञ्चनपुरका फाँटमा काटेको धान बाली डुबेको छ भने भर्खर लगाएको हिउँदे तरकारी तथा तेलहन बालीसमेत भारी वर्षाका कारण नष्ट भएको छ। कैलालीका अधिकांश क्षेत्रमा हिउँदे तरकारी आलु, काउली, बन्दा तथा हरियो साग रोप्ने क्रम चलिरहेको छ। धेरै किसानले आलु, काउली तथा […]

वर्षापछि हिमपात

तीन दिनदेखिको वर्षाले जाजरकोटवासीको जनजीवन प्रभावित भएको छ। पाक्न लागेको बालीनाली नष्ट गरेको छ। जिल्लाको बारेकोट, कुशे र जुनीचाँदे गाउँपालिकामा पाक्न लागेको गहुँ जौ, र तरकारी तथा फलफूल बालीमा क्षति पु-याएको छ। पाक्न थालेको बालीनाली र फलफूलको फूल नष्ट गरेपछि कृषक चिन्तित छन्।