युनाइटेड गोल्डकप फुटबल उपाधि सेन्ट्रल कलेज २८ बिगाहले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा नवज्योति युवा क्लब हसौरालाई १-२ गोलले पराजित गर्दै सेन्ट्रल कलेजले उपाधि जितेको हो । विजेताले २ लाख २५ हजार ५ सय ५५ नगद र उपविजेताले १ लाख ३५ हजार ५ सय ५५ नगद पुरस्कार पाएका छन् ।