शान्ति स्थापनार्थ सेनाका १३९ जना मध्य अफ्रिकी गणतन्त्र र माली प्रस्थान

काठमाडौं : संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाका १३९ जना शान्ति स्थापनार्थ मध्य अफ्रिकी गणतन्त्र र माली गएको छ।प्रमख सेनानी संगीत पुनको नेतृत्वमा सेनाको टोली शुक्रबार त्यसतर्फ गएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।यसअघि त्यहाँ प्रमुख सेनानी जीवन शर्माको नेतृत्वमा ७२ जना सैनिक त्यहाँ रहेका थिए।उक्त टोली साउन ३ गते नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ। उक्त टोलीको कार्यकाल सकिएपछि पुनको नेतृत्वको टोली गएको हो।

सम्बन्धित सामग्री

६ वटा अफ्रिकी देशमा निःशुल्क अन्न पठाउने रुसी राष्ट्रपति पुटिनको घोषणा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छ वटा अफ्रिकी देशमा निःशुल्क अन्न पठाउने घोषणा गर्नुभएको छ । राजधानी सेन्ट पिटर्सबर्गमा भएको रुस–अफ्रिका शिखर सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पुटिनले छ वटा अफ्रिकी देशमा ५० हजार मेट्रिक टनसम्म अन्न सित्तैमा पठाउने घोषणा गर्नुभएको हो । छिटै नै बुर्किना फासो, जिम्बावे, माली, सोमालिया, मध्य अफ्रिकी गणतन्त्र र इरिट्रियामा २५ देखि ५० हजार टनसम्म निःशुल्क अन्न सहयोग गर्ने पुटिनले बताउनुभएको छ । रुसले युक्रेनको अन्नलाई 'ब्ल्याक सी' अर्थात् काला सागरको बन्दरगाहबाट अफ्र...

माली र मध्य अफ्रिकन गणतन्त्रका नेपाली शान्ति सैनिक परिवर्तन

३ साउन, काठमाडौं । शान्ति स्थापनार्थ मध्य अफ्रिकन गणतन्त्र र मालीमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ । मध्य अफ्रिकन गणतन्त्रमा रहेको छैटौं डफ्फाको टोली र मालीमा तैनाथ सातौं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो । मध्य अफ्रिकन गणतन्त्रमा प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सातौं डफ्फाको ७२ जनाको नयाँ टोली पठाइएको छ भने मालीमा […]

सेन्ट्रल अफ्रिकन गणतन्त्र र मालीका नेपाली शान्ति सैनिकको अदली-बदली सुरु

काठमाडौँ - संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन गणतन्त्र मिशनमा तैनाथ सैनिक प्रहरी युनिट छैटौँ डफ्फालाई बदली गरेको छ । प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सैनिक प्रहरी युनिट सातौँ डफ्फाका ७२ जना नेपाली शान्ति सैनिक तथा माली मिशनमा तैनाथ इओडी गुल्म सातौँ डफ्फालाई बदली गरेको हो ।  यसक…

सेन्ट्रल अफ्रिकन गणतन्त्र र मालीका नेपाली शान्ति सैनिकको अदली-बदली सुरु

काठमाडौँ : संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन गणतन्त्र मिशनमा तैनाथ सैनिक प्रहरी युनिट छैटौँ डफ्फालाई बदली गरेको छ । प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सैनिक प्रहरी युनिट सातौँ डफ्फाका ७२ जना नेपाली शान्ति सैनिक तथा माली मिशनमा तैनाथ इओडी गुल्म सातौँ डफ्फालाई बदली गरेको हो ।  यसका लाग…