प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सम्बोधन गर्न लागेका हुन् । प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने, ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ ।’

सम्बन्धित सामग्री

नयाँ सरकार गठनमा राष्ट्रपतिको भूमिकाको प्रतीक्षा

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत नपाएर पदमुक्त भएपछि अब नयाँ सरकार गठनको प्रक्रिया कसरी सुरु हुन्छ भन्ने चासो छ । विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार गठनको प्रक्रिया […]

अनलाइनखबर

बहुमतको सरकारका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् । प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएपछि उनी पदमुक्त भएका छन् । यसबारेमा संसद सचिवालयको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने […]

अनलाइनखबर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक बोलाएका एक मन्त्रीले जानकारी दिए । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सोमबार संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसकेकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ ।

अनलाइनखबर

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सिंहरदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि के गर्ने भन्ने विषयमा छलफल भएको थियो । यसबारे थप छलफल गर्दै जाने सहमति भएको कांग्रेस संसदीय […]

अनलाइनखबर

विश्वासको मतका लागि आज मतदान

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको […]

अनलाइनखबर

ओलीलाई हराउने उपयुक्त समय आएको छ : अष्टलक्ष्मी शाक्य

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिइरहेको बेला राजनीतिक सरगर्मी बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेताहरुमात्रै होइन, राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सक्रियता बढेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियतालाई एमालेको माधव–झलनाथ समूहलाई समेटेर एमालेलाई एकढिक्का बनाउने प्रयासको रुपमा हेरिएको छ । यो सक्रियताले के […]

अनलाइनखबर

माधव समूहको निष्कर्ष : कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा उपयुक्त

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । पार्टीभित्रै अलग सांगठनिक संरचना बनाउँदा पनि चासो नदेखाएका ओलीले विश्वासको मत लिने अग्रसरता देखाएपछि नेपाल समूहका नेताहरू छुट्टा–छुट्टै र सामूहिक छलफलमा जुटेका हुन् । वरिष्ठ नेता झलनाथ खनाल […]

अनलाइनखबर

ओलीको कदमपछि संसदमा माधव समूह निर्णायक

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाउने निर्णय गरेपछि विपक्षी दलहरू मात्रै नभएर स्वयम् नेकपा एमालेकै नेताहरू पनि अन्योलमा छन् । किनभने अहिलेकै राजनीतिक परिस्थिति र संसदीय अंक गणितमा ओलीले सहजै विश्वासको मत पाउन सक्ने अवस्था छैन । तर, २७ वैशाखमा विश्वासको मत लिनेगरी अधिवेशन बोलाउने निर्णय भएको […]

अनलाइनखबर

प्रधानमन्त्री ओलीले साढे ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। सोमबार दिउँसो साढे तीन बजे बालुवाटारबाट ओलीले सम्बोधन गर्न लागेको ओलीको सचिवालयले जनाएको छ। कोभिड-१९ संक्रमण र पछिल्लो राजनीतिक घटनाक्रमबारे ओलीले सम्बोधन गर्न लागेका हुन्। आइतवारमात्रै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनेर वैशाख २७ लाई प्रतिनिधिसभाको विशेष अधिवेशन…

पहिलो पोस्ट

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज साढे ३ बजे सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाकार सूर्य थापाले बताए । ओलीले समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा सम्बोधन गर्न लागेका हुन् ।

Prashasan

हामी दाता कहाँ भेटिएला भन्ने अवस्थामा छौं, यसलाई फेरौं : प्रधानमन्त्री

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दाताको हैसियतमा उठाउन आ–आफ्नो ठाउँबाट प्रयास गर्न आह्वान गरेका छन् । अहिले हामी दाता कहाँ भेटिएला भनेर सहयोगको अपेक्षा गर्ने अवस्थामा छौं भन्दै प्रधानमन्त्री ओलीले यस अवस्थालाई हामीले नै फेर्नु पर्ने बताए । पुनर्निर्मित धरहराको शनिबार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले बनाउने हो देश र […]

अनलाइनखबर