स्वावलम्वन लघुवित्तका कर्मचारीको आन्दोलनमा फियुनको ऐक्यबद्धता

नेपाल  वित्तीय संस्था कर्मचारी संघ (फियुन) ले स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । फियुनले   स्वावलम्वन  लघुवित्तमा गरिएको कार्य श्रमिक बिरोधी र असंवैधानिक कदम भएको भन्दै त्यसको विरुद्ध लाग्न आग्रह गरेको छ ।स्वालम्बन लघुवित्त संस्था कर्मचारी संगठनका पदाधिकारीहरुका विरुद्धको कारवाही फिर्ता नहुँदासम्म संघले आव्हान गरेका चरणबद्ध बिरोधका कार्यक्रम जारी राख्न संघमा आबद्ध प्रतिष्ठानस्तरका कर्मचारी युनियन र सर्पूण बैंक, बीमा तथा वित्तीय क्षेत्रका कर्मचारीहरुमा संघले आह्वान गरेको छ।संस्थाको उच्च व्यवस्थापनले श्रमिकको संवैधानिक अधिकार खोस्ने गरी तानाशाही र गैर संवैधानिक गतिविधि गरेको भन्दै संघले बिरोध गरेको छ। लघुवित्तमा भईरहेको कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको फियुनले जनाएको छ ।फियुनले भनेको छ 'स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडमा कृयाशिल यस संघसंग आबद्ध स्वावलम्बन बैंक कर्मचारी संगठनले प्रचलित ट्रेड युनियन ऐन तथा श्रम ऐन अनुसार व्यवस्थापन र कर्मचारी युनियन बीच भएको सहमतिहरुको कार्यान्वयन गराउने सन्दर्भमा त्यस युनियनले विगत ११५ दिन देखि निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ । संस्थाको उच्च व्यवस्थापनले वार्ता र संवादबाट समस्याको समाधान खोजेर कर्मचारी युनियनसंग गरिएका सहमतिको कार्यान्वयन गर्नुको सट्टा संस्थाको केन्द्रीय कार्यालयबाट प्रवाह हुने दैनिक कार्यहरु समेत अन्यत्रबाट संचालन गरी आफ लामो समय देखि कार्यालयमा अनुपस्थित भई संस्था, सेवाग्राही, कर्मचारी र लगानीकर्तालाई समेत जोखिममा पारी संस्थाको समस्या समाधान गर्नुको सट्टा संविधान, श्रम ऐन, ट्रेड युनियन ऐन विपरित संस्थामा कृयाशिल ट्रेड युनियनका गतिविधिहरुलाई संकुचित र निषेध गर्ने मनसायले कर्मचारी युनियनका पदाधिकारीहरुलाई उनीहरुको संगठित हुने र सामुहिक सौदाबाजी गर्ने श्रमिकको मौलिक हक कुण्ठीत गर्नेगरी सुनियोजित र दुरासयपूर्ण किसिमले सेवाबाट बर्खास्त गर्ने सम्मको निकृष्ट कार्य गरेको प्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ।'यस अघि भएका विभिन्न सहमति कार्यन्वयन नभएको, र व्यवस्थापनले ट्रेड युनियनमा रहेका ७ जना कर्मचारीहरुलाई बर्खास्त गर्ने नियत राखी सात दिने प्रष्टीकरण सोधेको तथा पत्रिकामा सूचना समेत निकालेर सामाजिक रुपमाम चरित्रहत्या गर्न खोजेको भन्दै लघुवित्तका कर्मचारी लामो समयदेखि आन्दोलित छन्। लघुवित्तको कर्मचारीको ट्रेड युनियन 'स्वावलम्वन बैंक कर्मचारी संगठन'ले समस्या समधानको लागि विभिन्न निकायहरुलाई आग्रह गरेको छ । संगठनले  यस अघि भएका सहमति कार्यन्वयन गर्नु पर्ने,  ७ जना कर्मचारीहरुलाई बर्खास्त गर्ने नियत राखी सोधिएको सात दिने प्रष्टीकरण फिर्ता गरिनु पर्ने, र वार्ता तथा छलफलबाट समस्या समाधान गर्नु पर्ने माग राखेको छ।   संगठनले समस्या समाधान गराई पाऊ बारेको पत्र नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यालयमा,डेपुटी गभर्नरहरुको कार्यालयमा, , बैंक तथा वित्तीय संस्था नियमन विभागमा,  लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पत्र प्रेसित गर्दा पनि समस्या समाधानको लागी कुनै ठोस पहल नभएको संगठनले जनाएको छ । संगठनले नेपाल राष्ट्र बैंकको रहोवरमा दुई पक्ष विच वार्ता/ छलफल गराई समस्या समाधान गराई दिनको लागि आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

कर्मचारीको तलब बढाउन सुझाव

काठमाडौं, माघ १२ । राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पु-याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ। दैनिक महँगी बढ्दै गएको र महँगीलाई सम्बोधन गर्न न्यूनतम तलब स्केल त्यति पु-याउन सुझाव आएको हो। कर्मचारीको प्रत्येक श्रेणीमा तलब नौ प्रतिशतले थप्नुपर्ने, तलबको पाँच प्रतिशत […]

सरकारी कर्मचारीको तलब बढ्यो

काठमाण्डाै – सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ । महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ ।

कर्मचारीको तलब १५ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ ।  संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको बताएका हुन् ।  त्यसै गरी, सरकारले कर्मचारीको तलब सुविधा अध्ययन गर्न तथा श्रमिकको तलब सुविधा अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्ने घोषणा […]

सरकारी कर्मचारीको तलब बढ्यो

काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ। आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी तलब बढेको घोषणा गरेका हुन्। अब साउनदेखि कर्मचारीले तलब १५ प्रतिशले बृद्धी हुने भएको छ। अर्थमन्त्रीको घोषणासँगै सरकारी कर्मचारीको श्रेणी अनुसार तलब  ३५ सयदेखि १०२६० रुपैयाँसम्म बढेको छ। आर्थिक २०७८/०७९ को बजेटमा कर्मचारीको तलव…

‘कर्मचारीको पेसागत सुरक्षा गर्नुपर्छ’

मोरङ – विराटनगर महानगरबाट मेयरका एमालेतर्फका उम्मेदवार सागर थापाले कर्मचारीको पेसागत सुरक्षा गर्नुपर्ने बताएका छन्। विराटनगर महानगरपालिका कर्मचारीसँगको साक्षात्कार कार्यक्रममा आइतबार उम्मेदवार थापाले महानगरपालिकामा नेतृत्व प्राप्त गरेपछि महानगरमा कार्यरत सबै कर्मचारीको सुरक्षा र स्थायित्वका लागि आफू प्रतिबद्ध रहने विश्वास दिलाएका हुन्। कर्मचारीको कार्यक्षमता, योग्यता र इमान्दारीको मूल्यांकन गर्दै विषयगत जिम्मेवारीमा सबैलाई प्रोत्साहन गर्ने उनले बताए। […]

४९ हजार कर्मचारीको दरबन्दी रिक्त

सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ । विभिन्न पदमा गरी कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको र बाँकी ४९ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ ।ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त हुँदा विकास निर्माण र सेवा प्रवाहको काममा प्रत्यक्ष असर परेको छ । रिक्त दरबन्दीमध्ये अधिकांश प्राविधिक छन् । शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, कृषिलगायतका प्राविधिक र केही

विद्यालयका कर्मचारीको तलब वृद्धि

स्याङ्जाको हरिनास गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब (पारिश्रमिक) वृद्धि गरेको छ । गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, बालविकास शिक्षिका, विद्यालयमा लेखा शाखामा कार्यरत र विद्यालय कर्मचारीको उपस्थितिमा एक कार्यक्रमबीच पारिश्रमिक वृद्धि गरिएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताए । विद्यालयको लेखा शाखामा कार्यरत कर्मचारीको पारिश्रमिक १७ हजार, बालविकासका कर्मचारीको १६ हजार रुपैयाँ र विद्यालयका कर्मचारी...

आजदेखि बढ्यो कर्मचारीको तलब

काठमाडौं। नयाँ आर्थिक वर्ष सुरु भएसँगै संघीय सरकारका कर्मचारीको तलब बढेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याउँदै कर्मचारीको तलब बढाउने घोषणा गरेको थियो। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ१५ गते बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब दुईहजारले बढाएको बताएका थिए। उक्त घोषणा आजदेखि लागू भएको छ। चालू आर्थिक वर्ष २०७८/७९को बजेट आजदेखि लागू भएसँगै कर्मचारीको तलब पनि बढेको हो।

बागमती सरकारले पनि बढायो कर्मचारीको तलब

काठमाडौं। बागमती प्रदेश सरकारले कर्मचारीको तलब भत्ता दुई हजार रुपैयाँले बढाएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले कर्मचारीको तलब बढाएको जानकारी दिएका हुन्।

सबै कर्मचारीको समान तलब बढ्यो

कोरोना  (कोभिड–१९)  महामारीविरुद्ध लक्षित बजेटले राष्ट्रसेवक कर्मचारीको मनोबल  उठाउन  सबै  कर्मचारीको  समान  तलबमान  वृद्धि गरेको छ ।  अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गर्नुभएको बजेटमा  राष्ट्रसेवक  कर्मचारीको  मासिक  दुई  हजार  रुपियाँ  तलबमानमा  वृद्धि  गरेको  छ  ।  यसअघि  दिइँदै  आएको महँगी भत्तालाई कायमै राखिएको जनाइएको छ । दक्षिण  एसियाका  अन्य  मुलुकसँग  ताद...