निगमका जहाजमा समस्या, यात्रुलाई सास्ती

काठमाडौ, मंसिर १७। नेपाल वायु सेवा निगमको व्यवस्थापनको लापरबाही र जहाजमा आउने प्राविधिक समस्याले समय समयमा यात्रुले सास्ती भोग्दै आएका छन् । सेवा स्तरीय नभएको, महँगो भएको तथा सेवाबारे विभिन्न समस्या रहेको लगायतका गुनासा बढ्दै गएको छ । निगम व्यवस्थापन चुस्त नहुँदा आन्तरिकदेखि अन्तर्राष्ट्रिय तर्फका यात्रुले सास्ती भोग्दै आएका छन् । कहिले उडान अनुमति नै […]

सम्बन्धित सामग्री

दशैंमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

कोहलपुर (बाँके)। हिन्दू धर्मालम्वीहरूको महान् चाड दशैंको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दशैं मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् । नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताए । भोजपुरमा शिक्षण पेसामा कार्यरत उनी दशैं मनाउनका लागि गृहजिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताए ।  'टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट विक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु,' जेठाराले भने, 'बिहान ४ बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।' स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ ।  निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताए । उनका अनुसार दशैंको समयमा अन्य समयभन्दा यात्रुको चाप बढी भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् ।  निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताए । यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दशैंलाई लक्षित गरी आइतवारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ ।  एयरलाइन्स क्षेत्रीय कार्यालय, नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दशैंको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । 'यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो,' उनले भने, 'अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।' यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए। यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उनको भनाइ थियो । बाजुरा कोल्टीकी सङ्गीता विष्टले दशैंका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताए । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उनको गुनासो थियो । 'एउटा उडानमा १७ सिट हुन्छ,' उनले भने, 'यहाँ सातओटा टिकट मात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।'  रासस

दुई जना कर्मचारीको विषयले निगमका ९०० यात्रुलाई दिनभर सास्ती

२९ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमभित्रको बेथितीका कारण यात्रुले पटक-पटक सास्ती भोग्नुपरेको घटना नयाँ होइन । बुधबार र बिहीबार निगमको सेवा लिन पर्खेका ९०० यात्रुले पाएको सास्ती त पछिल्लो उदाहरण मात्र हो । निगममा कार्यरत १९० हाराहारी क्याबिन क्रुले (हवाई सेवा दिन आवश्यक कर्मचारी) बुधबारदेखि सुरु गरेको आन्दोलनका कारण बिहीबार निगमका तीनवटा उडान प्रभावित […]

जहाजमा समस्या, यात्रुलाई सास्ती

नेपाल वायु सेवा निगमको व्यवस्थापनको लापरबाही र जहाजमा आउने प्राविधिक समस्याले समय समयमा यात्रुले सास्ती भोग्दै आएका छन् । सेवा स्तरीय नभएको, महँगो भएको तथा सेवाबारे विभिन्न समस्या रहेको लगायतका गुनासा बढ्दै गएको छ । निगम व्यवस्थापन चुस्त नहुँदा आन्तरिकदेखि अन्तर्राष्ट्रिय तर्फका यात्रुले सास्ती भोग्दै आएका छन् । कहिले उडान अनुमति नै नलिई यात्रुलाई विमान स्थलमा बोलाएर कहिले टिकट लिएका यात्रुलाई जहाजका सबै सिट भरिभराउ भयो भनेर कहिले बोर्डिङ पास लिइसकेका यात्रुलाई उडान नगराएर समस्यामा पार्दै आएको निगमका जहाजमा आउने प्राविधिक समस्याका कारणसमेत यात्रुले सास्ती भोग्न थालेका छन् । त्यस्तै पछिल्लो सास्ती बुधबार बैङ्कक उडेको निगमको न्यारोबडी विमानमा देखिएको प्राविधिक समस्याले जहाजमा सवार १५२ जना यात्रुले भोग्नुपरेको छ । उक्त उडानका क्रममा विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको सङ्के