ओलीले भोलि मात्र बालुवाटार छोड्ने

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मात्र बालुवाटार छोड्ने भएका छन् । आजै भक्तपुरस्थित निवासमा जाने भनिएपनि आज छलफलमा ब्यस्त हुनुपरेका कारण भोली सर्ने बालुवाटार स्रोतको भनाई छ ।सिंहदरबारबाट विदाई सम्बोधन गरेर बालुवाटार पुगेका उनी अहिले एमालेका नेताहरुसँग छलफलमा रहेका छन् । आजका लागि बोलाइएको एमालेको स्थायी तथा केन्द्रीय कमिटी बैठकपनि स्थगित गरिएको छ

सम्बन्धित सामग्री

बदलिएको नियति : अहिले ओली धाउँछन् बालुवाटार

१८ माघ, काठमाडौं । ‘बिहानै बालुवाटार, दिउँसो बालुवाटार, बेलुकी बालुवाटार, म त वाक्क भइसकेको थिएँ । जति पेले पनि तेल त आउने होइन’ तत्कालीन प्रधानमन्त्रीसँग भएको निरन्तर भेटवार्ताबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलाबेला गुनासो गर्थे । त्यसबेला ओली प्रधानमन्त्री र प्रचण्ड तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष थिए । पार्टीभित्र […]

सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन्। सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड बुधबार साँझ बालुवाटार सरेका हुन्। स्रोतका अनुसार उनी ज्योतिषीले दिएको साइतअनुसार ललितपुरको खुमलटारस्थित निजी निवासबाट प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए।

बालुवाटार सरे प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटार सर्नुभएकाे छ । ज्योतिषले दिएको साइतमै प्रधानमन्त्री दाहाल बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सर्नुभएकाे हाे । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका प्रचण्ड आज मात्रै सरकारी निवास बालुवाटार सर्नुभएकाे हाे ।

देउवाले छोडे बालुवाटार

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छोडेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि देउवाले बुधबार बालुवाटार छोडेका हुन् । बुढानिलकण्ठस्थित देउवा निवासमा...

निर्णायक छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच मात्रै वान टू वान संवाद हुने बालुवाटार स्रोतले जनाएको छ । बालुवाटार जानुअघि देउवाले आफू निकट नेतासँग संवाद गरेका थिए भने प्रचण्डले पदाधिकारी बैठक बसेर सुझाव लिएका थिए । बालुवाटार जानुअघि माओवादी पदाधिकारी बैठक खुमलटारमा बसेको थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छोड्न नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए । दुवै पद कांग्रेसले छोड्ने

देउवालाई भेट्न बालुवाटार पुगे ओली

काठमाडौं, भदौ ८ ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। ओली केहीबेरअघि बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ। file photo

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता तीव्र बनाएका विप्लव बुधबार अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री भेट्न विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् । आजै पार्टी

प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए ।

दलबलसहित बालुवाटार छाड्दै ओली

काठमाडौं : अपदस्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटार छाड्दैछन्। बिहान ११ बजे युवा संघको बालुवाटार भेलापछि ओलीले बालुवाटार छाड्ने तयारी गरेका छन्। ४१ महिना सत्तामा बसेका ओली सोमवार सर्वोच्च अदालतले अपदस्त गराएको थियो। एमाले अध्यक्ष ओली अब भक्तपुरस्थित बालकोटमा रहेको आफ्नो निवास जानेछन्। बालुवाटारबाट बालकोटसम्म ओलीलाई युवासंघले स्कटिङ गर्ने…

पदमुक्त मन्त्रीहरु किन गए बालुवाटार ?

सर्वोच्चको आदेशबाट पदमुक्त भएका मन्त्रीहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पछिल्लो घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री केपी ओलीले बोलाएपछि उनीहरु बालुवाटार पुगेका हुन् ।  अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले  मन्त्री पदमुक्त हुने आदेश दिएको थियो । प्रधानमन्त्री ओलीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि जेठ २१ गते जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए । यस्तै