आज र भोलि दिउँसाेभन्दा राति धेरै पानी पर्ने

काठमाण्डाै - आज वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । पानी पार्ने मनसुनी प्रणाली सक्रिय रहेकाले यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार दिउँसाे भन्दा राति धेरै पानी पर्ने सम्भावना छ । आज र भोलि दिउँसाेको समयमा हल्कादेखि मध्यम खालको वर्षा भए पनि राति ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद् बासीको आग्रह छ । वाग्मती र गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिम उच्च रहेकाले रातको समयमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका ...

सम्बन्धित सामग्री

तराईका जिल्लामा आज र भोलि हावाहुरीको सम्भावना

काठमाण्डाै - मनसुन सक्रिय नरहेकाले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तर, आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान भने रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, राति कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पनि हल्कादेखि मध्यम  वर्षाको अनुमान छ । गएराति पनि काठमाण्डौसहित केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी परेको थियो । अहिले भने देशका धेरै ठाउँमा घाम...

देशभर भदौरे झरी, पर्सिदेखि मौसम खुल्ने सम्भावना

काठमाण्डाै - देशभर झरी परेको छ । धेरै ठाउँमा अस्तिदेखि लगातार झरी परिरहेको छ । आज र भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मधेस प्रदेशमा राति र अन्य प्रदेशका एक/दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने उहाँले जानकारी दिनुभयो । यस्तै, भोलि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार देश...

आज र भोलि देशभर ठूलो पानी पर्ने महाशाखाको अनुमान

काठमाडौं : आज र भोलि देशैभर मौसम बदली हुने भएको छ। वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आज र भोलि देशका धेरैजसो ठाउँमा लगातारजसो पानी पर्ने सम्भावना रहेको छ। काठमाडौं उपत्यकासहित केही ठाउँमा आज दिउँसो दुई÷तीन घण्टा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए। आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ। लगातारको वर्षाले पहाडी भुभागमा चल्ने आन्तरिक उडान प्रभावित हुने सक्ने मौसम

आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशभरको मौसम आंशिकदेखि साामान्य बदली रहने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यस्तै, राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ ।   अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार आज र भोलि लगातारको झरी पर्ने सम्भावना छैन । तर, पानी पर्ने र रोकिने क्रम भने चलिरहने छ...

आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डौ – आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । उहाँका अनुसार आज सबैभन्दा धेरै असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । भोलि पनि ...

अबको एक/दुई दिन लगातार झरी नपरे पनि पानी पर्ने क्रम बढ्ने

काठमाण्डाै – आज प्रदेश १ र वाग्मतीसहित अन्य प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । मनसुनी प्रणाली बिस्तारै सक्रिय भएकाले अबको एक दुई दिन पानी पर्ने क्रम बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । लगातार झरी नपरे पनि पानी पर्ने क्रम बढ्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । आज भन्दा भोलि अझ धेरै पानी पर्ने उहाँले बताउनुभयो । भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा लुम्बिनी प्रदेशका केही ठाउँमा...

आज र भोलि वर्षा र हिमपातको सम्भावना, आइतवारदेखि मौसम खुल्दै जाने

काठमाण्डाै - आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । केहीबेर पछि यी प्रदेशका केही ठाउँमा पानी पर्न थाल्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार आज अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना छ । काठमाण्डौमा बेलुका पानी पर्ने अनुमान गरिएको छ । यस्तै, आज सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग समेत पर्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज राति पनि देशका धेर...

अबको दुई दिन दिउँसाे भन्दा राति धेरै पानी पर्ने, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज दिउँसाे यी प्रदेशसँगै प्रदेश १ मा पनि पानी पर्ने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । राति भने गण्डकी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने छ । यी ठाउँमा मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आज र भोलि दिउँसाेको समयमा भन्दा रातको समयमा धेरै  पानी पर्ने सम्भावना छ । सामान्यतया मनसुनको समयमा ...

आज प्रदेश-१, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज प्रदेश-१, वाग्मती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा अहिले मनसुनी प्रणाली केही कमजोर बनेको छ । यसले गर्दा आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना छैन । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रही केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद्ले बताएका छन् । राति सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ । मौसमविद्ले पहाडी &...

दुई दिन हावाहुरी चल्ने‚ सतर्क रहन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज र भोलि बेलुकीपख हावाहुरी चल्ने अनुमान गरेको छ। प्रि–मनसुन सक्रिय भएकाले चट्याङ र हावाहुरीको सम्भावना रहेकाले मौसमविद सजिना शाक्यले बताइन्। उनले सतर्क रहन पनि आग्रह गरिन्।प्रि-मनसुनका बेला दिनभर मौसम सफा रहे पनि बेलुकीपख बदली भएर हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ। नेपालमा गत मार्चदेखि नै प्रि–मनसुन भित्रिएको हो।बिहीबार राति देशका धेरै ठाउँमा हुरी/बतास र चट्याङसहित हल्का पानी परेको छ। काठमाडौं उपत्यकासहि