रोलिङ क्लब झापा १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । इटहरी रंगशालामा सोमबार तेस्रो क्वाटरफाइनलमा एभिनियर फुटबल क्लब क्यामरुनलाई २–१ ले पराजित गर्दै रोलिङले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।
सुनसरी–मोरङ औद्योगिक करिडोरमा नयाँ रोलिङ उद्योग सञ्चालनमा आएको छ। सुनसरीको दुहबी नगरपालिका–१ मा २ अर्ब ५० करोडको लागतमा स्वस्तिक रोलिङ उद्योग सञ्चालनमा आएको हो।...
मोरङ (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका खेलाडीले भरिपूर्ण झापाको रोलिङ क्लबले पाँचौ बेलबारी गोल्डकपमा जित हासिल गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । राष्ट्रिय टोलीको समेत कप्तान रहिसकेका सुजल श्रेष्ठको नेतृत्वमा रहेको रोलिङले ए डिभिजनकै खेलाडीले भरिएको पेमा युथ क्लबलाई १-० ले हराएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा रोलिङका रेजिन सुब्बाले गरेको गोल नै निर्णायक […]
इटहरी (हाम्रो खेलकुद)– झापाको रोलिङ क्लब १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । इभिनिर फुटबल क्लब क्यामरुनलाई सोमबार २–१ ले हराउँदै रोलिङ अन्तिम चारमा पुगेको हो । अजयी मार्टिन्सको निर्णयक गोलमा रोलिङले विजय प्राप्त गरेको थियो । मार्टिन्सले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको गोल नै खेलको निर्णय बनेको […]
२७ असोज, काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यका सुनसान छ । अष्ठमकिो दिन मासु पसलहरुमा भने राम्रै भीड छ । तरकारी बजारहरुमा भने व्यापारीहरु ग्राहकको पर्खाईमा छन् । सुनसान कुपण्डोल सडकको छेउँमा रहेको रोलिङ बजारमा पनि यस्तै अवस्था छ । ग्राहकहरु फाट्टफुट्ट आउँछन् । रोलिङ बजार सञ्चालनमा आएको तीन महिनामात्रै भएको छ । यस बजारमा […]
नेपाली उत्पादनको अनलाइन सपिङ सेवा रोलिङ बजारले आफ्नो नयाँ आउटलेट ललितपुरको कुपन्डोल महादेवस्थामा सञ्चालनमा ल्याएको छ । सो आउटलेटबाट ग्राहकले दैनिक उपभोग्य सामानहरु पाउने रोलिङ बजारले जनाएको छ ।विषादीरहित ताजा तरकारी, लोकल फलफूल, विभिन्न ठाउँको लोकल चामल, दाल, मसला, तेल, मकैको च्याँख्ला, सातु इत्यादी र घरेलु महिला, अपाङ्ग र स्वदेश फिर्ती उद्यमीहरुद्वारा बनाइएको कला र […]
नेपाली उत्पादनको प्रबर्द्धन गर्ने लक्ष्यसहित स्थापना भएको रोलिङ बजारले ललितपुरको कुपण्डोलमा पहिलो आउटलेट खोलेको छ । आउटलेटमा तरकारी, लोकल फलफुल, लोकल चामल, दाल, मसला, तेल, मकैको च्याक्ला, सातु पाइने बजारले बताएको छ ।यस्तै, आउटलेटमा घरेलु महिला, अपाङ्ग र स्वदेश फिर्ती उद्यमीहरुले बनाएको कला र शिल्प का बस्तुहरु र अन्य स्वदेशी कपडा समेत पाइने बताइएको छ । कम्पनीका अध्यक्ष अनुप जंगमले घरेलु उद्यमी र उत्पादनको प्रबद्र्धन र बजार व्यवस्थापन गर्ने लक्ष्यसहित रोलिङ बजार खुलेको बताए ।उनले भने,
काठमाडौं। रोलिङ नेक्ससले महामारीको समयमा घरबाटै अनलाइनमार्फत पढ्न मिल्ने 'रोलिङ क्याट' तयार गरेको छ। नेक्ससले 'रोलिङ कम्प्युटर एडपटिभ टेस्ट' ल्याएको हो। यसमार्फत विद्यार्थीले महामारीको समयमा घरमै बसेर लोकसेवा, शिक्षक सेवा, बैकिङ र शाखा अधिकृतको परीक्षाको तयारी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ। विद्यार्थीले आफूले चाहेको समयमा क्याटबाट आवश्यक ज्ञान लिन सक्ने छन्।
२५ फागुन, काठमाडौं । नेपालमा रोजगारी र उद्यमशिलतालाई प्रवर्द्धन गर्ने उद्धेश्यसहित आजबाट औपचारिक रुपमा ब्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससको शुरुआत भएको छ । एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले यसको शुभारम्भ गरेका हुन् । नेपालकै पहिलो ब्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस आममानिसको दैनिक जीवनमा उपयोगि बन्ने विश्वास मन्त्री चौधरीले गरे […]