काठमाण्डौ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता, ओनसरी घर्ती दोस्रो स्थानमा

काठमाण्डाै - काठमाण्डौ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता छ । पछिल्लो मत परिणाम अनुसार यो पार्टीकी सोबिता गौतमले २ हजार ८ सय मत पाउनु भएको छ । माओवादी केन्द्रकी ओनसरी घर्ती दोस्रो स्थानमा हुनुुहुन्छ । उहाँले १ हजार ९ सय ६३ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी कान्तीदेवी पोखरेलले १ हजार ९ सय मत ल्याउनु भएको छ । यस्तै, एमालेका मणिराम फुयालले १ हजार ८ सय २ मत पाउनु भएको छ ।

सम्बन्धित सामग्री

एकपटकको हारले जिम्मेवारी र भूमिका समाप्त हुँदैन : ओनसरी घर्ती

काठमाडौं ।  माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् । काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग धेरै मतान्तरमा पराजित भएकी पूर्वसभामुख घर्तीले आफ्नो हारलाई स्भाभाविक रूपमा लिएको उल्लेख गरेकी छन् । उनले काठमाडौं २ बाट विजयी गौतमलाई बधाई र शुभकामना पनि दिएकी छन् […]

ओनसरीलाई काठमाडौंले गरेन अनुमोदन, पूर्वसभामुख पराजित

पूर्वसभामुख भइसकेकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती पराजित बनेकी छन् । काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी उनी जनताबाट अनुमोदित हुन नसकेकी हुन् । उनी २०७२ देखि २०७४ सालसम्म सभामुख भएकी थिइन् । उनै घर्ती २०७९ को निर्वाचनमा चौथो भएकी हुन् । सो काठमाडौं २ ले हालै स्थापित भएको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका उम्मेदवारलाई अनुमोदन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सोविता गौतमलाई जनताले अनुमोदित गरेका हुन् ।

ओनसरी घर्ती काठमाडौं-२ बाट पराजित

काठमाडौं, मंसिर ७ । काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव लडेकी पूर्वसभामुख ओनसरी घर्ती पराजित भएकी छन्। घर्तीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले हराएकी हुन्। २०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएकी घर्ती दोस्रो संविधानसभामा रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्। उनी २०७० सालमा संविधानसभाको उपाध्यक्ष भएकी धर्ती २०७२ देखि २०७४ सालसम्म संसदको सभामुख भएकी […]

काठमाडौं २ मा सोबिता गौतम दोब्बर मतले अगाडि

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी दोब्बर मतले अगाडी देखिएको छ । पछिल्लो मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार सोबिता गौतमले ८०८ मत प्राप्त गरेकी छिन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्ती र नेकपा एमालेका मणिराम फुयाँललाई पछि पारेकी हुन्। घर्तीले ४७८ मत ल्याएकी छन् भने फुयाँलले ४६२ मत पाएका छन्। राष्ट्रिय […]

काठमाडौं-२ : सोविता गौतमको अंग्रता कायमै, पछ्याउँदै मणिराम

काठमाडौं : काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले (घण्टी चुनाव चिह्न) अग्र स्थानमै कायम गरेकी छिन्।१५ सय ३ मत गन्दा ४८६ मत सोभिताले पाएकी छिन्। नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ३१५ मत पाएका छन्। नेकपा माओवादीका केन्द्रका उम्मेदवार ओनसरी घर्ती ३०४, राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीदेवी पोख्रेलले २२६ मत प्राप्त गरेकी छिन्।

काठमाडौं-२ :  ३ सय मत गन्दा घण्टी पहिलो स्थानमा

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पाटीकी उमेद्वार सोभिता गौतमले अग्रता लिएकी छिन्। ३ सय मत गणना गर्दा सोभिता गौतम  ९६,मणिराम फुयाल ६९,ओनसरी घर्ती ४९,कुन्ती देवी पोखरेल ४२ मत प्राप्त गरेकी छिन्।

काठमाडौं-२ मा सर्वदलीय बैठक सुरु

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु हुने जनाइएको छ । काठमाडौं-२ मा नेकपा एमालेबाट मणिराम फुयाल, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम मुख्य प्रतिस्पर्धामा छन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा त्रिपक्षीय चुनावी भिडन्त

आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट माओवादी नेतृ ओनसरी घर्ती, नेकपा एमालेबाट मणिराम फुँयाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेलको उम्मेदवारी परेको छ । यस क्षेत्रबाट अन्य केही स्वतन्त्रको पनि उम्मेदवारी परेको छ ।यो निर्वाचन क्षेत्रमा २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा माधवकुमार नेपाल काठमा