डोटीको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जंगली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दले भालुको आक्रमणबाट ३८ वर्षीया पपि विष्ट गम्भीर घाइते भएको बताए ।
बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी विष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए ।
उनका अनुसार भालुले उनको टाउको, छाती तथा शरीरका विभिन्न भागमा गहिरो चोट पुर्याएको छ । भालुले आक्रमण गर्दा उनी भिरबाट...