डडेल्धुरा । डडेल्धुरामा चितुवाको आक्रमणमा एक वृद्ध गम्भीर घाइते भएका छन् । आलिताल गाउँपालिका–३ धातडीका ७० वर्षीय गगनसिंह धामी घाइते भएका छन् । धामीलाई सोमबार बिहान वनमा चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारको लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।