थापाले देशमा देखिएका राजनीतिक र प्रशासनिक समस्या समाधानका लागि चुनाव मात्रै पर्याप्त नभएको उल्लेख गर्दै एक किसिमको राष्ट्रिय समझदारीको लागि अपिल गरेका हुन् ।
गोरखा । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले तयार […]
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा श्रीधर सापकोटा नियुक्त भएका छन् । कोषको सञ्चालक समिति अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले बिहीवार सापकोटालाई कोषाध्यक्ष नियुक्त गरेको प्रवक्ता सहसचिव जयनारायण आचार्यले जानकारी दिए । सापकोटा पूर्वसचिव हुन् । उनी ०७४ मा नेपाल सरकारको सचिवबाट अवकाश भएका थिए । पशुपति क्षेत्र विकास […]
रुसी विदेशमन्त्री लावरोभले परराष्ट्रमन्त्री शर्माको सुस्वास्थ्यको कामना गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको नेपालस्थित रुसी राजदूतावासले जनाएको छ।
मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो मुस्ताङका शैक्षिक संस्था हिउँदयाममा घुम्ती कक्षा संञ्चालन गर्न बेसी झर्छन भने यहाँको तल्लो मुस्ताङ र मध्यमुस्ताङका शैक्षिक संस्थाहरु हिउँदयाममा बन्द हुन्छन् । अत्यधिक चिसो बढेसंगै यहाँका तीन पालिकामा सञ्चालनमा रहेका सरकारी सामुदायिक, संस्थागत […]