कोपा अमेरिका : दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दै

काठमाण्डाै - कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । खेल बिहान पौने ७ बजेदेखि सुरु हुनेछ । अर्जेन्टिना र कोलम्बियाबीचको विजेताले फाइनलमा ब्राजिलसँग खेल्नेछ । आयोजक ब्राजिलले पेरुलाई १-० ले हराएर फाइनलमा प्रवेश गरिसकेको छ । अर्जेन्टिनाले क्वार्टर फाइनलमा इक्वेडरलाई ३-० गाेलले हराएको थियो । कोलम्बियाले क्वार्टर फाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराएको थियो ।  

सम्बन्धित सामग्री

कोपा अमेरिका फुटवलको समूह विभाजन , अर्जेन्टिना र ब्राजिल फरक समूहमा

कोपा अमेरिकाको समूह विभाजन गरिएको छ । यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट छानिएका छन् । दक्षिण अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला रहेका छन् । त्यस्तै उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट […]

कोपा अमेरिका सेमिफाइनलमा अर्जेन्टिना कोलम्बियासँग भिड्दै

काठमाडौं : कोपा अमेरिका फुटबलको सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग बुधबार बिहान पाैने सातमा प्रतिस्पर्धा गर्दै छ।विश्व फुटबलमा सर्वाधिक सफल फुटबलर लियोनेल मेसी पुन: एकपटक अर्जेन्टिनालाई फाइनल पुर्‍याउने ध्याउनमा हुँदा कोलम्बिया पनि अर्जेन्टिनालाई पराजित गर्दै पुन: एकपटक दाबेदार बन्न चाहन्छ।मेसीले ब्यक्तिगत रुपमा धेरै उपाधि जिते पनि राष्ट्रका लागि भने केवल एक ओलम्पिक गोल्ड मेडलमा चित बुझाउनु परिरहेको छ। उनले आफ्नो फुटबल जिवनमा तीनपटक अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनल पुर्‍

अर्जेन्टिना र कोलम्बिया सेमिफाइनलमा

रियो दि जेनेरियो, एजेन्सी । अर्जेन्टिना र कोलम्बिया ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताअन्तर्गत आइतबार बिहान भएको अन्तिम आठको खेलमा अर्जेन्टिनाले फिफा वरीयतामा ५३औं स्थानमा रहेको इक्वेडरमाथि ३–० गोलअन्तरको शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । स्टाडियो ओलम्पिको पेड्रो लुडोभिचो रंगशालामा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमा १–० को […]

उरूग्वेलाई टाइब्रेकरमा स्तब्ध पार्दै कोलम्बिया सेमिफाइनलमा

काठमाडाैं। उरूग्वेलाई टाइब्रेकरमा स्तब्ध पार्दै कोलम्बिया कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। टाइब्रेकरमा उरूग्वे ४–२ ले पराजित भयो। कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले उरूग्वेका जोसे जिमिनेज र मातियास भिनाको प्रहार रोकेका थिए। कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिना वा इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छ।

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाईनलमा

एजेन्सी । उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा आज बिहान भएको खेलमा कोलम्बियाले उरुवेलाई टाई ब्रकेरमा पाखा लगायो । निर्धारित ९० मिनेट तथा अतिरिक्त ३० मिनेटमा गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा गएको थियो । टाई ब्रकेरमा कोलम्बिया ४–२ ले विजयी भयो । कोलम्बियाले अब सेमिफईनलमा अर्जेन्टिना वा इक्वेडरमध्ये […]

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

काठमाण्डाै - कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । बिहान भएको खेलमा उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेर कोलम्बिया अन्तिम चारमा पुगेको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । हारपछि उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र इक्वेडर खेलिरहेका छन् ।

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं : उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। केही बेर अघि सकिएको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको हो।  निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।  पेनाल्टी सुटआउटमा कोलम्बियाले बाजी मार्यो। र, सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनायो।  प्रतियोगिता अन्तरगत आजै अर्जेन्टिना र इक्वेडरबीच खेल हुँदै छ।

चिलीलाई स्तब्ध बनाउँदै ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा

काठमाडाैं। चिलीमाथि १–० को जित निकाल्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा ब्राजिललाई जित दिलाउन ४६ औं मिनेटमा लुकास पाक्वेटाले निर्णायक गोल गरे। ४८ औं मिनेटमा गाब्रियल जिसस सिधै रातो कार्ड पाएर बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो। आइतबार बिहान सेमिफाइनल प्रवेशका लागि उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडरबीच खेल हुनेछ।

कोपा अमेरिकाको सह-आयोजकबाट कोलम्बिया बाहिरियो

एजेन्सी। दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको सह-आयोजक रहेको कोलम्बियाले प्रतियोगिताको सह-आयोजकबाट नाम फिर्ता लिएको छ। सरकारविरुद्धको चर्किएको आन्दोलनका कारण कोलम्बियाले प्रतियोगिताको सह-आयोजकबाट नाम फिर्ता लिएको हो। अर्जेन्टिना र कोलम्बिया दुई देशले प्रतियोगिता आयोजना गर्ने तालिका रहेको थियो। अब कोपा अमेरिका आयोजनाको सम्पूर्ण जिम्मेवारी अर्जेन्टिनाले पाएको छ। प्रतियोगिता जुन १३ देखि सुरु भई जुलाई १० सकिनेछ।