बंगलादेशले इतिहास रच्दै पहिलोपटक न्युजिल्याण्डलाई उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा आठ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डविरुद्ध क्रिकेटको कुनै पनि फर्म्याटमा बंगलादेशको यो पहिलो जीत हो । न्युजिल्याण्ड अहिलेको वर्ल्ड टेस्ट च्याम्पियन हो । गत वर्ष भारतलाई हराउँदै न्युजिल्याण्डले यो उपाधि जितेको थियो ।न्युजिल्याण्डले टेस्टको अन्तिम दिन ५ विकेटको क्षतिमा १४७ रनको अवस्थाबाट सुरु गरेको थियो । तर, उसले बाँकी ५ विकेट मात्र २२ रनमा गुमाउन पुग्यो । टिमका लागि विल यंगले सर्वाधिक ६९ रन बनाए । ब