म्याग्दी : जिल्लामा गतवर्षको तुलनामा मह उत्पादन उल्लेख्य रूपमा घटेको छ। जिल्लाको विभिन्न स्थानमा किसानले गरेको मौरीपालन व्यवसायबाट यो वर्ष १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। जिल्लामा रहेका दुई हजार ५०० वटा मौरीका आधुनिक घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए।अघिल्ला वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेको थियो।पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा रहेका