भीरबाट लडेर एक जनाको मृत्यु

सल्यान : सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ अम्राका अन्दाजी ४५ वर्षीय दीपक कामीको मृत्यु भएको हो।बालुवा संग्रहीस्थित बांगिरह नजिकै मंगलबार बिहान  कामी भीरबाट लडेर  मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।  उनी भीरबाट झन्डै ३० मिटर तल खसेका थिए। 

सम्बन्धित सामग्री

भीरबाट लडेर युवकको मृत्यु

हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो।...

दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु

धनगढी– दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।   जिल्लाको मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहारको धमालेक सल्याड भीरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु

सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका-६ रानागाउँ घर भएकी ५० वर्षीया कमला डाँगी र गंगादेव गाउँपालिका-५ महानेटा घर भएका अन्दाजी ५० वर्षीय तुलाराम ओलीको भीरबाट लडेर ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले गंगादेव गाउँपालिकाका ओली सोमबार सल्यानको बाग्चौर नगरपालिका ५ टाटकेस्थित रानीपोखरा मेला हेरेर फर्कने क्रममा नजिकैको कालीभीरबाट लडेका थिए भने छत्रेस्वरी गाउँपालिकाकी डाँगी मंगलबार दिउँसो ३ बजेतिर घरबा

सोलुखुम्बुमा भीरबाट लडेर एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । थुलुङ दूधकोशी गाउँपालिका–८ रणेमका ५५ वर्षीय हर्कबहादु्ुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक रामकिशोर शाहकाअनुसार बिहीबार गोरेटो बाटो हिड्ने क्रममा भीरबाट लडेर राईको ज्यान गएको हो । मृतकको शव आफन्तले बाटोबाट करिब ६० मिटर तल फेला पारेको प्रहरीले […]

कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेत – कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो । महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा  फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको  ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।

भीरबाट लडेर हुम्लामा एक जनाको मृत्यु

सिमकोट – हुम्लामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–१ का ६३ वर्षीय धनबहादुर थापा रहेका छन्। सोमबार बिहानै घाँस काट्न हिँडेका थापा साँझसम्म पनि नफर्केपछि खोज गर्दा मंगलबार मृत अवस्थामा फेला परेको स्थानीय काली थापाले जानकारी दिए। उनी गाउँदेखि केही टाढा गाईबस्तु लिएर खर्कमै बस्दै आएका थिए।

भीरबाट लडेर एक जनाको मृत्यु

गलकोट– बागलुङमा भीरबाट लडेर आज एक जनाको मृत्यु भएको छ ।   जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ५५ वर्षीय जगबहादुर किसानको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  यही वैशाख २५ गते सम्पर्कविहीन भएका किसान खोजतलासको क्रममा आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

भीरबाट लडेर एक जनाको मृत्यु

संखुवासभा : संखुवासभा मकालु गाउँपालिका–५ आमराङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकालु–५ आमराङ गुरुङ गाउँका ५२ वर्षीय सूर्यबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। प्रहरी निरीक्षक अधिकारीका अनुसार नुम बजारबाट घर फर्किने क्रममा भालुढुङ्गा भीरबाट लडेर राईको घटनास्थलमै मृत्यु भएको हो।राई आइतबार दिउँसो अलैँची बेच्न नुम बजार आएका थिए। नुमबजार गएका राई आइतबार साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रमम

भीरबाट लडेर एक जनाको मृत्यु

बैतडी – खर काट्ने क्रममा भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवर छिन्। घर नजिकैको गोठाखोला भीरमा खर काटिरहेका बेला लडेर कुँवरको घट्नास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह कुँवरले जानकारी दिए।

गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु

१६ कात्तिक, गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको सत्यवती गाउँपालिका–५ का ४८ वर्षका तुल्सीराम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै बारीमा खर काट्ने क्रममा भीरबाट २ सय मिटर तल खसेर घाइते भण्डारीको उपचार गर्न ज्वाङ स्वास्थ चौकीमा पु¥याएपछि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।