संखुवासभा : संखुवासभा मकालु गाउँपालिका–५ आमराङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकालु–५ आमराङ गुरुङ गाउँका ५२ वर्षीय सूर्यबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। प्रहरी निरीक्षक अधिकारीका अनुसार नुम बजारबाट घर फर्किने क्रममा भालुढुङ्गा भीरबाट लडेर राईको घटनास्थलमै मृत्यु भएको हो।राई आइतबार दिउँसो अलैँची बेच्न नुम बजार आएका थिए। नुमबजार गएका राई आइतबार साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रमम