४५ अर्बको भटमासको तेल आयात, ४२ अर्बको निकासी

काठमाडौं। नेपालले चालू आर्थिक वर्षको ११ महिनामा विदेशबाट ४५ अर्बको भटमासको कच्चा तेल ल्याएर ४२ अर्बको प्रशोधित तेल निकासी गरेको छ। यस अवधिमा नेपालले दक्षिण अमेरिका लगायतका मुलुकबाट भटमासको कच्चा तेल आयात गरेको छ। यस अवधिमा नेपाल सरकारले ४ अर्ब रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ।

सम्बन्धित सामग्री

विभिन्न वस्तु आयातमा लाग्दै आएको करमा छुट

सरकारले विभिन्न मालवस्तुको आयातमा भन्सार महसुलमा छुट दिएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न मालवस्तुको आयातमा लाग्ने करको दरमा हेरफेर गरिएको जानकारी दिएको छ । नयाँ व्यवस्थाअनुसार कच्चा भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिएको हो । राजस्व सचिव रामेश्वर दङ्गालका अनुसार उद्योगले सूर्यमुखीको तेल …

विभिन्न मालवस्तुको आयातमा लाग्दै आएको करको दरमा हेरफेर

काठमाडौँ,२४ भदौ । सरकारले विभिन्न मालवस्तुको आयातमा भन्सार महसुलमा छुट दिएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न मालवस्तुको आयातमा लाग्ने करको दरमा हेरफेर गरिएको जानकारी दिएको छ । नयाँ व्यवस्थाअनुसार कच्चा भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिएको हो । राजस्व सचिव रामेश्वर दङ्गालका अनुसार […]

नम्बर १ कै वस्तुको निर्यात घट्दो

काठमाडौं । भारतले विदेशबाट आयात हुने भटमासको तेलमा लगाउँदै आएको भन्सार दर कम गरेपछि नेपालबाट हुने यसको निर्यात प्रभावित भएको छ । विशेषगरी गत चैतदेखि प्रशोधित भटमास (सोयाबिन) तेलको निर्यात प्रभावित भएको हो । गत फागुनसम्म नेपालबाट मासिक औसतमा ५ अर्ब १७ करोड रुपैयाँको प्रशोधित भटमास तेल भारत निर्यात भइरहेको थियो । चैतयता भने मासिक २ अर्ब हाराहारीको मात्र निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत फागुनमा ४ अर्ब ५४ करोड ८३ लाख रुपैयाँको प्रशोधित भटमास तेल भारत निर्यात भएको थियो । चैतमा १ अर्ब ९० करोड ६४ लाख र वैशाखमा २ अर्ब ४ करोड ३९ लाखको निर्यात भएको तथ्यांक छ । निर्यातको पहिलो नम्बरमा भने प्रशोधित भटमास तेल वैशाखसम्मै छ । पहिला भारतले विदेशबाट आयात हुने भटमासको तेलमा ४५ प्रतिशतसम्म भन्सार महसुल लगाएको थियो । तर, नेपाल सार्क राष्ट्र भएका कारण यहाँबाट निर्यात हुनेमा भन्सार महसुल लाग्दैनथ्यो । त्यसकारण भारतीय व्यवसायीले नेपालबाटै भटमास तेल किन्दै आएका थिए । पछिल्लो समय भारतले भन्सार दर कम गरेपछि यहाँबाट हुने निर्यातसमेत प्रभावित भएको ओसीबी फुड्सका सञ्चालक सुरेश रूंगटा बताउँछन् । ‘पहिला भारतले अन्य मुलुकबाट आयात हुने भटमास तेलमा उच्च दरमा भन्सार लगाएको थियो । तर, नेपाल सार्क राष्ट्र भएकाले यहाँबाट जानेमा भन्सार लाग्दैनथ्यो,’ आर्थिक अभियानसँग उनले भने, ‘पछिल्लो समय अन्य देशबाट आयात हुनेमा पनि भन्सार दर कम गरेपछि यहाँबाट हुने निर्यात प्रभावित भएको हो ।’ उनका अनुसार भारतले बुधवारदेखि त भटमास तेलमा भन्सार नै नलाग्ने घोषणा गरेको छ । अब भारतका व्यापारीले अन्य मुलुकबाट आयात गर्ने भटमास तेलमा पनि भन्सार लाग्ने छैन । त्यो अवस्थामा नेपालबाट हुने निर्यात थप प्रभावित हुने उनी बताउँछन् । ‘हामीले पनि तेस्रो मुलुकबाट यसको कच्चा पदार्थ ल्याएर प्रशोधन गरी  निर्यात गर्ने हो । त्यसो गर्दा अन्तको भन्दा यहाँको महँगो हुन्छ,’ उनले भने, ‘त्यो अवस्थामा अब भारतका व्यवसायीलाई नेपालबाट भन्दा तेस्रो मुलुकबाटै तेल आयात गर्दा सस्तो पर्छ । फलस्वरूप हाम्रो भटमासको तेल निर्यात प्रभावित हुन्छ ।’ समग्रमा वैशाख मसान्तसम्म प्रशोधित भटमास तेलको निर्यात झन्डै २७ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार १० महीनाको अवधिमा ४५ अर्ब ३५ करोड २१ लाख रुपैयाँको भटमास तेल निर्यात भएको छ, जुन गत आवको सोही अवधिको भन्दा रू. ९ अर्ब ५९ करोड ८७ लाखले बढी हो । गत आवको सोही अवधिमा रू. ३५ अर्ब ७५ करोड ३३ लाखको भटमास तेल निर्यात भएको थियो । नेपाली व्यवसायीले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेशिया तथा युक्रेनबाट भटमास तेलको कच्चा पदार्थ आयात गर्दै आएका छन् । त्यसमा प्रशोधनमार्फत ३० प्रतिशतसम्म भ्यालु एडिशन गरेर भारततर्फ निर्यात गरिँदै आएको छ । यद्यपि, भटमास तेलको नेपालमा पनि उच्च मात्रामा खपत हुने गर्छ । यसअघि प्रशोधित पाम तेल नेपालको पहिलो निर्यात वस्तु थियो । तर, बीचमा भारतले त्यसको आयातमा रोक लगाएपछि आर्थिक वर्ष २०७७/७८ यता  भटमासको तेल पहिलो निर्यात वस्तु बनेको  थियो । यद्यपि, भारतले पाम तेल आयातमा लगाएको प्रतिबन्ध हटाएपछि नेपालबाट पुन: पाम तेल निर्यात भइरहेको छ । अहिले पाम तेल दोस्रो निर्यात वस्तुका रूपमा स्थापित छ । यस अवधिमा १४ अर्ब ७ करोड ८५ लाख रुपैयाँको पाम तेल निर्यात भएको छ ।

युक्रेनको साटो अस्ट्रेलियाबाट मगाउन थालियो तोरी

विराटनगर । युक्रेनमाथि रूसी आक्रमणले विश्वको अर्थ व्यवस्थामा असर परेसँगै नेपालमा समेत प्रभाव देखिएको छ । युक्रेनबाट आयात हुने सूर्यमुखी र भटमासको मूल्य प्रतिटन ३० देखि ६० डलर बढेको छ । अबको १ महीनाभित्र नेपालमा खानेतेलको मूल्य १ सय रुपैयाँसम्म बढ्ने अनुमान उद्योगीहरूले गरेका छन् । घरेलु तेलका सञ्चालक श्रवणकुमार अग्रवालले युक्रेनबाट मगाएको तोरी नै पछिल्लो समय टनमा ३० डलर बढेर आएको थियो । युद्धका कारण युक्रेनबाट तोरी मगाउन नसकिएपछि अस्ट्रेलियाबाट तोरी मगाउनु परेको छ जहाँ टनमा ६० डलर महँगो छ । ‘तोरीको दानाको मूल्यवृद्धि, ढुवानीको भाडावृद्धि र विलम्बका कारण तोरीको तेलको मूल्य अहिलेको मूल्य भन्दा १ सय रुपैयाँसम्म वृद्धि हुन सक्छ,’ अग्रवालले भने । अहिले तोरीको तेलको खुद्रा मूल्य ३०० रुपैयाँ प्रतिलिटर छ । १ महीनापछि यो मूल्य ४ सयको हाराहारीमा पुग्ने उनको अनुमान छ । सूर्यमुखी २६० प्रतिलिटर छ । यो बढेर ३६० पुग्नेछ । भटमासको तेल अहिले खुद्रा मूल्य लिटरको २५० रहेकोमा यो पनि ३५० पुग्नेछ । विश्वव्यापी रूपमा कोइला, पेट्रोलियम लगायतमा हुने मृल्यवृद्धिको असरसमेत नेपालमा पर्ने देखिएको छ । कोइलाको मूल्य वृद्धिले इँटा र सिमेन्ट उद्योगको उत्पादन लागत बढ्ने व्यवसायीको भनाइ छ । नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले कोइलाको मूल्यमा समेत रसिया युक्रेन आक्रमणको असर देखिएको छ । नेपालमा कोइला पठाउँदै आएका कोलकाता बन्दरगाहका व्यापारीहरूले अहिले कोइलामा ३० डलर मूल्य वृद्धि भएको बताएका छन् । १ वर्षअघि २०० डलर प्रतिटन रहेको कोइला अहिले २३० डलर प्रतिटन पुगेको छ । घिमिरेका अनुसार यो मूल्य २५० डलर सम्म पुग्ने अनुमान गरिएको छ । नेपाल आउने सूर्यमुखी तेलको कच्चा तेल सबैभन्दा बढी युक्रेनबाट आउँछ । केही प्रतिशतमात्र रसिया र अस्ट्रेलियाबाट आउँछ । युक्रेनमा अन्य मुलुकभन्दा तोरी, भटमास र सूर्यमूखीको मूल्य सस्तो छ । प्रतिटन १५०० डलर परिरहेको तेलको कच्चा तेल अहिले ३० देखि ३०० डलरसम्म बढेको उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले बताए । सात महीनामा युक्रेनबाट ३ अर्ब ९५ करोड ३७ लाख रुपैयाँको ४ करोड ४५ हजार किलो तोरी तेलको कच्चा पदार्थ आएको छ भने ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको ५ करोड ७३ लाख ६४ हजार किलो सूर्यमुखी तेलको कच्चा तेल आयात भएको छ । युक्रेनसँगै रुससँग पनि नेपाल गएको ७ महीनामा १५ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु निर्यात व्यापार गरेको छ भने ४ अर्ब ३१ करोड २८ लाख रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ । रूसबाट प्रिन्टिङ पेपर, सवारीसाधनका लागि मोबिल, केमिकल (सोडियम फोस्फेट), पशुजन्य भ्याक्सिन, स्याम्पु, बेबी लोसन, कस्मेटिक सामानलगायत आयात भएको छ । ७ करोड ३९ लाखको कार्पेट, ६ करोड १३ लाखको चियापत्ति, ३० लाखको अगरबत्ती, ११ लाखको कपडा राख्ने ह्यांगर, साढे ६ लाखको यार्चागुम्बालगायत वस्तु निर्यात भएको छ । रूस र युक्रेनबीचको युद्धले सुन र पेट्रोलियम पदार्थको समेत मूल्यमा उचारचढाव आएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । नेपालमा सुनको मूल्य बिहीवार तोलामा २५ सय बढेको शुक्रवार १ हजार घटेको उनले जानकारी दिए । त्यस्तै प्रतिब्यारेल १ सय ५ अमेरिकी डलर पुगेको कच्चा तेलको मूल्य शुक्रवार मध्यरातमा ९७ दशमल २ डलर पुगेको थियो । अन्तरराष्ट्रिय रूपमा पेट्रोलिय पदार्थको दोस्रो ठूलो उत्पादन कर्ता रूस भएकाले मूल्यमा आउने उतारचढावले नेपाल पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यासको समेत मूल्य बढ्ने सम्भावना रहेको रिजालले बताए ।

मुलुकको वैदेशिक व्यापार ६५ % ले वृद्धि

मंसिर १५, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महीनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको शुरुको चौमासिकमा रू. चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सो अवधिमा रू. सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख आठ हजार पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गत आवको तुलनामा आयात ६१ दशमलव ५७ प्रतिशतले बढेको छ । गत आवको पहिलो चार महीनामा रू. चार खर्ब दुई अर्ब ४९ करोड एक लाख ७८ हजार मूल्य बराबरको आयात भएकोमा चालू आवको कात्तिक मसान्तसम्म रू. छ खर्ब ५० अर्ब २९ करोड ४३ लाख १३ हजार पुगेको छ ।  त्यस्तै, गत आवको पहिलो चौमासिकका तुलनामा चालू आवको निर्यात १०४ दशमलव २९ प्रतिशतले बढेको छ । गत आवको पहिलो चौमासिकमा रू. ४० अर्ब दुई करोड ६४ हजारको निर्यात भएकामा चालू आवको समीक्षा अवधिमा रू. ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजारको निर्यात भएको छ ।  विभागका अनुसार चालू आवको कात्तिकसम्म व्यापार वृद्धि भए पनि मुलुकको व्यापार घाटा ५६ दशमलव ८३ प्रतिशतले बढेर रू. पाँच खर्ब ६८ अर्ब १७ करोड १८ हजार पुगेको छ । गत आवको पहिलो चार महीनामा व्यापार घाटा रू. तीन खर्ब ६२ अर्ब २९ करोड एक लाख १३ हजार थियो । गत आवको पहिलो चौमासिकसम्म कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ९२ प्रतिशत रहेकामा यस्तो हिस्सा दुई दशमलव ३४ प्रतिशतले घटेर चालू आवमा ८८ दशमलव ७९ प्रतिशतमा आएको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २३ दशमलव ४८ प्रतिशतले बढेको छ । गत आवको कात्तिक मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा नौ दशमलव शून्य ८ रहेकोमा चालू आवमा ११ दशमलव २१ प्रतिशत पुगेको छ । चार महीनाका अवधिमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जानकारी दिएको छ । चालू आवको पहिलो चार महीनामा रू. ३४ अर्ब ३३ करोड २१ लाख ९७ हजार बराबरको डिजेल आयात भएको देखिन्छ । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ ।  नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनःनिर्यात गर्दै आएका छन् । चालू आवको पहिलो चार महीनामा करीब १७ करोड लिटरभन्दा बढी भटमासको तेल रू. २७ अर्ब २२ करोड ७१ लाख ९५ हजार मूल्य बराबरको आयात भएकोे छ । त्यस्तै टेलिफोन रू. २० अर्ब ३५ करोड ८६ लाख १६ हजार, पाम आयल रू. १९ अर्ब १७ करोड ५७ लाख २८ हजार र पेट्रोल रू. १८ अर्ब ६६ करोड ६५ लाख ९४ हजारको आयात भएको विभागले जानकारी दिएको छ । नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ ।  विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कानुसार स्वदेशबाट रू. २६ अर्ब ४० करोड ११ लाख एक हजार मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि हो । सार्वजनिक विवरणानुसार चालू आवको पहिलो चार महीनामा रू. १९ अर्ब दुई करोड ३० लाख ९० हजार मूल्य बराबरको पाम तेल निर्यात भएको छ । रू. तीन अर्ब ९३ लाख १७ हजार बराबरकोे गलैंँचा तथा रू. दुई अर्ब ३१ करोड ५५ लाख ७८ हजार मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्यांक छ । विभागको विवरणानुसार सबैभन्दा धेरै वीरगन्ज नाकाबाट रू. दुई खर्ब २३ अर्ब ९० करोड ५० लाख ७४ हजार मूल्य बराबरको आयात तथा भैरहवा नाकाबाट रू. एक खर्ब छ अर्ब ४८ करोड ८३ लाख ३० हजार र त्रिभुवन विमानस्थल नाकाबाट रू. ८१ अर्ब ७० करोड ९१ लाख ५६ हजार बराबरको वस्तु आयात भएको छ । त्यस्तै नेपालले निर्यातमा वीरगन्ज भन्सारबाट रू. ३९ अर्ब ५६ करोड ३४ लाख ५० हजार, विराटनगर भन्सारबाट रू. २२ अर्ब ५१ करोड ४७ लाख ५२ हजार तथा त्रिभुवन विमानस्थल नाकाबाट रू. ११ अर्ब ७५ करोड ४१ लाख ३५ हजार बराबरको वस्तु विदेश निर्यात गरेको छ । रासस

४२ अर्बको प्रशोधित भटमासको तेल निकासी

काठमाडौं। नेपालले चालू आर्थिक वर्षमा ४२ अर्ब ३४ करोड रुपैयाँको भटमासको तेल निकासी गरेको छ। यस वर्षको ११ महिनाको अवधिमा नेपालले भारततर्फ उक्त रकम बराबरको भटमासको तेल निकासी गरेको हो। नेपालले विदेशबाट ४५ अर्बको कच्चा तेल आयात गरेर त्यसलाई प्रशोधन गर्दै भारततर्फ निकासी गरेको हो। नेपालबाट निकासी हुने भटमास तेलको मुख्य गन्तव्य भारत हो।