मर्दी हिमाल पदयात्रा मार्गको स्तरोन्नति शुरू

पोखरा । मर्दी हिमाल पदयात्रा मार्गमा कोरोना कहरका बीचमा पनि स्तरोनतिका काम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रूपमा मर्दी हिमाल पदयात्रा मार्गको स्तरोनतिका काम अघि बढेका हुन् । पछिल्ला वर्षमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणसँगै राज्यको समेत चासो पुगेको यस पदमार्गमा पर्यटन विभागको सहयोगमा स्तरोन्नतिका काम अघि बढाइएको हो । स्तरोन्नति अन्तर्गत पदमार्गको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माण गरिएको छ भने २५० घनमिटर मेसिनरी वाल निर्माण गरिएको छ । त्यस्तै पदमार्गका विभिन्न अफ्ठेरा स्थानमा गरी ४ हजार किलो तौलको फलामबाट ठाउँ ठाउँमा रेलिङ राख्ने काम सम्पन्न भएको पर्यटन व्यवसायी एवं मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका संस्थापक अध्यक्ष सुदीप गौतमले जानकारी दिए । मर्दी ट्रेक जुनसुकै उमेर समूहका व्यक्तिले पनि पदयात्रा गर्न सक्ने पदमार्ग भएको भन्दै उनले पछिल्ला वर्षमा यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको बताए । प्राकृतिक सुन्दरताले भरिएको यस पदयात्रा मार्गका हरेक मनमोहक दृश्य यहाँको विशिष्टता भएको उनको भनाइ छ । चाँडै नै कोरोनाको कहरको अन्त्य भई पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशा एवं विश्वासमा यस क्षेत्रका पर्यटन व्यवसायी रहेको गौतमको भनाइ छ । उनका अनुसार पदयात्रा मार्गको धम्पुसदेखि अष्ट्रेलियन क्याम्प, पोथना, देउराली, लो क्याम्प, फरेष्ट क्याम्प, बादलडाँडा, मर्दी हाइक्याम्प हुँदै भ्यू प्वाइन्टसम्म लगभग १०० ओटा होटेल छन् । यस क्षेत्रको पदयात्रा पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन सर्वप्रथम यस क्षेत्रका लगभग ४०० व्यवसायी तथा मजदूरलाई कोरोनाविरुद्धको खोप लगाउन आवश्यक भएको उनले बताए । नेपालको राष्ट्रिय फूल लालीगुराँसले ढकमक्क ढाकिएको जंगलैजंगलबीच हिँड्ने पदमार्ग भएकाले चैत वैशाखको समयमा यहाँको सुन्दरता रमणीय हुने यहाँका होटल व्यवसायी बताउँछन् । उनीहरूका अनुसार पदयात्रा गर्दा सुरूमा गुलाबी रङको गुराँस देखिए पनि माथि जाँदै गर्दा गाढा रङको लालीगुराँस देख्न पाइनु अर्को महत्वपूर्ण पक्ष हो । मर्दीलगायत पदमार्ग स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनेको बताउने ट्रेकिङ एजेन्सिज एशोसिएशन नेपाल पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्वअध्यक्ष सोम थापाले कोरोनाका कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको बताए । कोरोना कहरका बीचमा पनि पदमार्ग स्तरोन्नति हुनुले पर्यटकीय गतिविधिमा थप टेवा पु¥याउने भन्दै पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष समेत रहेका थापाले पदयात्रा मार्गमा व्यवसायी तथा मजदूरलाई तत्काल खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिए । मर्दी हाइक्याम्पस्थित होटल ट्रेकेस प्याराडाइजका सञ्चालक सुदीप गौतमका अनुसार सन् २००७ मा मर्दी हाइक्याम्पमा होटल खोलिएसँगै पदमार्ग क्षेत्रका अन्य स्थानमा होटेल निर्माणले गति लिएको हो । कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अस्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्दछ । यी सबै स्थानमा बस्न र खानका लागि होटल सञ्चालनमा आइसकेका छन् । समुद्री सतहबाट ३ हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करीब २ घण्टामा ४ हजार २०० मिटर उचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट २ घण्टामा ४ हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । सिदिङसम्म जीप जाने भएकाले त्यहाँबाट झन्डै २ घण्टाको समयावधिमा पर्यटक पोखरा पुग्दछन् । प्रकृतिमा आधारित पदमार्गका रूपमा स्थापित यो पदमार्गमाको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माणका साथै मेसिनरी वाल, रेलिङ आदिको निर्माणले पदयात्रालाई थप सुरक्षित बनाउने पर्यटन व्यवसायी बताउँछन् । कोरोना कहरका कारण प्रभावित पदयात्रा पर्यटनलाई जोगाउन नेपाल पर्यटन बोर्ड र यूएनडीपीको संयुक्त प्रयासमा पदयात्रा पर्यटन लक्षित कार्यक्रम अघि बढाउने तयारी पनि गरिएको छ । पदयात्रा क्षेत्रका मजदूरलाई पेशामा टिकाइराख्न उनीहरूलाई बिग्रेभत्केका पदमार्ग मर्मत गर्न लगाउँदै रोजगारी सृजना गरी केही न केही राहत पु¥याउने लगायत योजना अघि बढाउन लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

माछापुच्छ्रेको समीपबाट सूर्योदय चिहाउँदा (फोटो फिचर)

पोखरा – घामको पहिलो झुल्को अन्नपूर्ण साउथ र हिमचुलीको चुचुरोमा ठोक्किँदा सुनौलो देखिन्छ। घामको किरण बढ्दै गएपछि माछापुच्छ्रेसँगै मर्दी, गंगापूर्ण, गन्धर्वचूलीलगायतका हिमाल छ्यांगै खुलेर मोहनी लगाउँछ। मनमोहक दृश्य नियाल्दै हिमालको समीपमा रमाउन मर्दी हिमाल पदयात्रा गर्ने स्वदेशी र विदेशी पर्यटकको यतिबेला भीड लागेको छ। समुन्द्री सतहबाट ४ हजार २ सय मिटरको उचाइमा रहेको ‘भ्यू पोइन्ट’मा […]

पदमार्ग जोगाउन स्थानीयवासीको माग

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ को सिदिङबाट मर्दी हिमाल पदयात्रा सुरु हुन्छ । छोटो अवधिमा पदयात्राको उत्कृष्ट आनन्द लिन सकिने भएकाले यस पदयात्रा विश्वमा नै प्रख्यात मानिन्छ । पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई भने पदमार्ग कसरी जोगाउने भन्ने चिन्ता छ । धेरै पदमार्गहरु सडक विस्तारले हराउँदै गएको सुनेका  स्थानीयवासी मर्दी पदयात्रालाई जोगाई राख्न चाहन्छन् […]

पदमार्ग जोगाउन स्थानीयको माग

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ को सिदिङबाट मर्दी हिमाल पदयात्रा सुरु हुन्छ। छोटो अवधिमा पदयात्राको उत्कृष्ट आनन्द लिन सकिने भएकाले यस पदयात्रा विश्वमा नै प्रख्यात मानिन्छ। पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई भने पदमार्ग कसरी जोगाउने भन्ने चिन्ता छ। धेरै पदमार्गहरु सडक विस्तारले हराउँदै गएको सुनेका स्थानीयवासी मर्दी पदयात्रालाई जोगाई राख्न चाहन्छन्। उनीहरु मर्दी […]

स्वर्गीय सुदीप गौतम : जसले मर्दी हिमाललाई विश्वमाझ चिनाए

– वासुदेव पौडेल पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य हो मर्दी हिमाल । झण्डै डेढदशक अघिसम्म मर्दी हिमाल पदयात्रा गुमनाम जस्तै थियो । जब डेढदशक अघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका सुदीप गौतमले  उच्च शिक्षा पढ्न स्वीजरल्याण्ड जाने सपना थाँती राखेर मर्दी हाइक्याम्पमा होटेल सञ्चालन सुरु गर्नुभयो त्यबेला उहाँलाई अधिकांशले उपहासको पात्र बनाए । […]

सुदीप गौतम : जसले मर्दी हिमाललाई विश्वमाझ चिनाए

पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य हो मर्दी हिमाल । झण्डै डेढदशक अघिसम्म मर्दी हिमाल पदयात्रा गुमनाम जस्तै थियो । जब डेढदशक अघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका सुदीप गौतमले मर्दी हाइक्याम्पमा होटेल सञ्चालन सुरु गरे । त्यो बेला उनलाई अधिकांशले उपहासको पात्र बनाए ।    तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासको लक्ष्यका साथ गौतमले गरेको निरन्तरको प्रयाससँगै अहिले भने मर्दी हिमाल प

मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा : ऊर्जामन्त्री भुसाल

कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा विद्युतीकरणको मागसहित आएका त्यहाँका पर्यटन व्यवसायीसँग सोमबार साँझ पोखरामा भएको भेटमा उनले विद्युत् सुविधा नपुगेका क्षेत्रमा विद्युत् विस्तार सरकारको […]

मर्दी पदयात्रा मार्गको स्तरोन्नति

गण्डकी - मर्दी हिमाल पदयात्रा मार्गमा कोभिड १९ कहरकाबीचमा पनि स्तरोनतिका काम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रुपमा मर्दी हिमाल पदयात्रा मार्गको स्तरोन्नाेतिका काम अघि बढेका हुन् । पछिल्ला वर्षमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणसँगै राज्यकोसमेत चासो पुगेको यस …

मर्दी पदयात्रा मार्गको स्तरोन्नति

गण्डकी - मर्दी हिमाल पदयात्रा मार्गमा कोभिड १९ कहरकाबीचमा पनि स्तरोनतिका काम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रुपमा मर्दी हिमाल पदयात्रा मार्गको स्तरोन्नाेतिका काम अघि बढेका हुन् । पछिल्ला वर्षमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणसँगै राज्यकोसमेत चासो पुगेको यस …

छोटो समयमा हिमाल चुम्न मर्दी पदयात्रा

उमेरले ६४ वर्ष पुगेका पोखरेली पर्यटन व्यवसायी कृष्ण काफ्ले मर्दी हिमालको पदयात्रामा पोखराबाट निस्कँदा जति खुशी थिए, फर्कंदा त उनमा खुशीको कुनै सिमा नै थिएन । प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले आफूलाई निकै हर्षित बनाएको उनले अनुभव सुनाए ।      नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन (टेसा) पोखराद्वारा आयोजित मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक चार दिवसीय पदयात्रामा काफ्लेजस्तै पोखराका पर्यटन व्यवसायी ए...

मर्दी हिमाल पदयात्रा सुरु

कास्की । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको आयोजनामा ‘मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग एवं चिनारी’ विषयक पदयात्रा आजदेखि शुरु भएको छ ।    पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रूपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीसहितको ३० सदस्यीय टोलीले यही चैत ४ गतेसम्म चिनारी यात्रा शुरु गरेको हो ।    प