हराएको १७ बिलियन डलर न्युयोर्क राज्य कोषमा, हजारौं नेपालीको लाखौं डलर दावी गर्न बाँकी

न्युयोर्क राज्यमा साढे १७ बिलियन डलरभन्दा बढी हराएको धन रहेको छ। प्रत्येक दिन न्युयोर्क राज्यले दावी फाइल गर्नेहरूलाई औषतमा डेढ मिलियन डलर फिर्ता गर्दै आएको छ । न्युयोर्कका कैयन नेपालीका नेल्स, रेष्टुरेण्ट, संघ संस्था र संगठनहरुले पनि रकम दावी गर्न छुटाएको देखिएको छ । प्रणालीमा चेक गर्दा हजारौं नेपालीहरुको लाखौं डलर दावी गर्न बाँकी रहेको […]

सम्बन्धित सामग्री

दुध उत्पादक किसानको ७ अर्ब भुक्तानी हुन बाँकी , किसानहरु दुध पोख्दै सडकमा

दुग्ध सहकारीले किसानलाई ७ अर्ब रुपैया भुक्तान गर्न बाँकी रहेको किसानहरुले बताएका छन । तर सहकारी संचालकहरुले भने ५ अर्ब मात्रै भुक्तानी गर्न बाँकी रहेको दावी गरेका छन । राष्ट्रिय दुग्ध विकास बोर्डका कायकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवका अनुसार किसानहरु दुग्ध सहकारीले ७ अर्ब भुक्तानी दिन बाँकी छ भनेका छन । तर दुग्ध सहकारी सञ्चालकहरु […]

जीवन बीमा कम्पनीहरूमा भुक्तानी हुन बाँकी दावी रकम करीब ३ % ले वृद्धि

जेठ ५, काठमाडौं । १६ ओटा जीवन बीमा कम्पनीहरूकोे रू. ३ अर्ब ६ करोडभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।  चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासिक वित्तीय विवरणले बीमा कम्पनीहरूमा परेको दाबी रकम भुक्तानी हुन बाँकी रहेको हो । नेपालमा १९ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । तर, दुई ओटा जीवन बीमा कम्पनीको भने दाबी भुक्तानी रकम बाँकी छैन । सानिमा लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दाबी भुक्तानी हुन बाँकी नरहेको वित्तीय विवरणमा देखिन्छ । त्यसैगरी राष्ट्रिय बीमा संस्थानले भने दाबी भुक्तानी गर्नु पर्ने रकम कति छ, उल्लेख गरेको छैन ।  १६ ओटा जीवन बीमा कम्पनीको बीमितलाई दिनुपर्ने दाबी भुक्तानी रकम गत आवको तेस्रो त्रैमाससम्ममा रू. २ अर्ब ९८ करोड थियो । गत आवको तुलनामा चालू आवमा जीवन बीमा कम्पनीहरूमा परेको दाबी भुक्तानी हुन बाँकी रकम २ दशमलव ९४ प्रतिशत वृद्धि भएको हो । १६ कम्पनीमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भुक्तानी हुन बाँकी छ ।  यो कम्पनीको रू. १ अर्ब २८ करोडभन्दा बढी दाबी रकम भुक्तानी हुन बाँकी छ । यो रकम गत आवको तेस्रो त्रैमासको तुलनामा १२ दशमलव २८ प्रतिशत घटेको हो । सो अवधिमा कम्पनीको भुक्तानी हुन दाबी बाँकी रकम रू. १ अर्ब ४६ करोड रहेको छ । त्यसैगरी दोस्रोमा मेट लाइफ इन्स्योरेन्स कम्पनीको रू. ७० करोड ४६ लाख दाबी भुक्तानी हुन बाँकी छ ।  १६ ओटा कम्पनीमध्ये सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको रू. ४ लाख ३६ हजार दाबी रकम भुक्तानी हुन बाँकी छ । प्रतिशतका आधारमा सबैभन्दा बढी रिलायन्स लाइफ इन्स्योरेन्सको १ हजार ३९६ प्रतिशत वृद्धि भएको छ । यो कम्पनीले गत आवमा भुक्तानी गर्न बाँकी दाबी रकम रू. ७ लाख ८१ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड १६ लाख पुगेको हो ।

आईआरएसमा डेढ बिलियन डलर दावी हुन बाँकी, यसरी दावी गर्नुहोस् औषत ८१३ डलर

अमेरिकामा करदाताहरुले १ दशमलव ५ बिलियन डलर ट्याक्स रिफण्ड दावी गर्न बाँकी रहेको आईआरएसले जनाएको छ । उक्त रकम अप्रिल १८ भित्र दावी गर्न सुझाव दिइएको छ । सन् २०१८ मा ट्याक्स फाइल नगरेका झण्डै १५ लाख करदाताहरुले झण्डै डेढ बिलियन डलर रकम रिफण्ड दावी गरेका छैनन् । तीनबर्षभित्र दावी गरिसक्नुपर्ने प्रावधान भएकाले अप्रिल १८ […]

स्थानीय चुनाव आउन ६७ दिन बाँकी, के–के गर्दैछ निर्वाचन आयोग ?

आउँदो बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको मिति आउन अब ६७ दिनमात्र बाँकी छ । गत माघ २५ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया रोकेको आयोगले यतिबेला प्रत्येक जिल्ला निर्वाचन आयोगका कार्यालयहरूमा मतदाता नामावलीमाथि दावी विरोधको प्रक्रिया चलिरहेको छ । दावी विरोधको प्रक्रिया सकेपछि आगामी चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । प्रवक्ता पौडेलले भने– ‘जिल्ला जिल्लामा, पालिका–पालिकामा नामावली

सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको याक-यति होटलको दावी

काठमाडौं । याक एण्ड यति होटलका कानूनी सल्लाहकार रमण कर्णले होटलले सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको दावी गर्नुभएको छ । कर्णले होटल सञ्चालनमा आएदेखि अहिलेसम्म रोयल्टी तथा राजस्व वापतको रकमसमेत तिर्न बाँकी नभएको बताउनुभएको हो। कानुनी सल्लाहकार कर्णले याक एण्ड यतिले व्यवसाय गरेबापतको राजस्व तथा क्यासिनो सञ्चालनको रोयल्टी राज्यलाई नियमित रुपमा दि‌दै आएको बताउनुभयो । […]

एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी छः बाबुराम

सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको बताएका हुन् । उनले एमालेले अव पनि संसद बैठक सूचारु नगरे जनता आफैले दण्डित गर्ने दावी समे

क्रियाशील सदस्यता विवाद मिलेको कांग्रेसको दावी, देउवा र पौडेलले बुझे प्रतिवेदन

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलेको दावी गरेको छ। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बाँकी रहेका समस्याहरुको सहमतिमा टुङ्गो लगाएसँगै क्रियाशील विवाद मिलेको बताइएको छ। समितिले निर्णय गर्न बाँकी रहेका कार्य सम्पन्न गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा…

नौ बजे अघि नै देउवा-प्रचण्डले सरकारको दावी पेश गर्ने

दुई वा सोभन्दा बढी दलको सहभागितामा बहुमतको सरकार दावी पेश गर्न दिइएको समय सकिन केही घण्टा मात्र बाँकी रहँदा भावी सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ । दुई अध्यक्षबीच भएको वार्ता अनुसार राष्ट्रपतिले दिएको समयभित्रै बहुमतीय सरकारको दाबी लिएर शितलनिवास जाने सहमति …

महेश बस्नेतको दावी : चुनावपछि प्रचण्ड भिजेको च्यांग्रो जस्तो बन्छन्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका नेता महेश बस्नेतले चुनावपछि पुष्पकमल दाहाल प्रचण्ड भिजेको च्यांग्रो जस्तो भएर आफ्नो पार्टीमा फर्कने दावी गरेका छन् ।  शनिवार राजधानीमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले चुनावमा प्रचण्डलाई दुई मात्र विकल्प बाँकी हुने दावी गरेका हुन् ।  उनले चुनावपछि प्रचण्ड भिजेको च्याङ्‍ग्राजस्तो भएर नेकपामा फर्कनुपर्ने र अर्को विकल्प राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउनुपर्‍यो भनेर आउनुपर्ने अवस्था आउने बताए । उनले भने,‘चुना...