यमनमा साउदीको हवाई आक्रमण, ७० भन्दा बढीको मृत्यु

 यमनको एक हिरासत केन्द्रमा साउदी नेतृत्व भएको गठबन्धको तर्फबाट गरिएको हवाई आक्रमणको संयुक्त राष्ट्रले विरोध गरेको छ । उक्त हवाई हमलामा ७० भन्दा बढी मारिएका छन् ।हुती विद्रोहीको आन्दोलनको गढ मानिने सादाको हिरासत केन्द्रमा शुक्रबार हमला गरिएको हो । मृत्यु हुनेको सटिक आँकडा स्पष्ट छैन तर मेडिसिन्स साँ फ्रन्तिए (एमएसएफ) ले हमलामा कम्तीमा ७० जना मारिएको जानकारी दिएको छ । यद्यपि, यो संख्या थप बढ्न सक्ने आशंका छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरसले भने, ‘यस्ता खालका हमला

सम्बन्धित सामग्री

यमनी जेलमा हवाई आक्रमण, सय जनाभन्दा बढीको मृत्यु

एजेन्सी, ८ माघ। यमनी जेलमा भएको हवाई आक्रमणमा सय जनाभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा दुई सय जनाभन्दा धेरै घाइते भएका उद्धारकर्ताले बताएका छन् । उद्धारकर्मीले आक्रमणपछि ध्वस्त भएका जेलका भवनबाट क्षतविक्षत शव निकालेर थुपार्दै गरेका तस्बिर सार्वजनिक भएका छन् । सादा सहरका दुई अस्पतालमा उनीहरुको उपचार भइरहेको र गम्भीर घाइतेको सङ्ख्या धेरै भएकाले […]

अर्मेनिया अजरबैजान विवाद: दुवै देशका सेनाबीच भिडन्त जारी

अर्मेनिया र अजरबैजानबीच विवादित क्षेत्रलाई लिएर लडाइँ जारी छ। नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर विवाद बढ्दै जाँदै गत सोमबार दुवै देशले एकअर्काको क्षेत्रमा हवाई आक्रमण गरेका थिए। आक्रमणका क्रममा दुवै तर्फगरी १०० भन्दा बढीको मृत्यु भएको थियो। मृत्यु हुनेहरुमा सैनिक देखि सर्वसाधरणसम्म थिए। अजरबैजान र अर्मेनियाबीच वार्ता गराउने पहल