सल्यानका दर्जनौं बस्ती बाढीपहिरोको जोखिममा

सल्यान । सल्यानका दर्जनौं बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार जिल्लाका तीन नगरपालिका र सात गाउँपालिकाका अधिकांश बस्ती बाढी पहिरोको जोखिममा रहेका हुन् । जिल्ला विपद् व्यवस्थापन समिति सल्यानले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाको तल्लो भेगका बस्तीमा बाढीको जोखिम बढेको छ । कालिमाटी गाउँपालिकाको काप्रेचौर, कालिमाटी काल्चे, कालिमाटी रामपुर क्षेत्र बाढीको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले जानकारी दिइन् । उनका अनुसार जिल्लाको माथिल्लो क्षेत्रमा भने पहिरोको जोखिम छ । भौगोलिक भूबनोट तथा भिरालो जमीनका कारण माथिल्लो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको उनको भनाइ छ । यस्तै कपुरकोट गाउँपालिकाका धनवाङ र सिनवाङ क्षेत्र, छत्रेश्वरी गाउँपालिकाको कोर्वाङ झिम्पे क्षेत्र, सिद्धकुमाख गाउँपालिकाको सिद्धेश्वरी क्षेत्र, बागचौर नगरपालिकाको बाफुखोला क्षेत्र, कुमाख गाउँपालिकाका मर्मपरिकाँडा, स्वीकोट, कालागाउँ क्षेत्र र बन्गाड कुपिण्डे नगरपालिकाका निगालचुँला, घाँजरीपिपल लगायत क्षेत्र पहिरोको उच्च जोखिममा छन् । प्रमुख जिल्ला अधिकारी होमागाईंले वर्षात् भइरहेको र बाढीपहिरोको जोखिमको समय नजिकिँदै गएकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरेर अगाडि बढेको बताइन् । ‘प्राविधिक जनशक्ति र स्रोतसाधनको अभाव छ, हामीले योजना तयार पार्ने हो, यसको कार्यान्वयनका लागि मूलतः स्थानीय तह नै सक्रिय बन्नुपर्छ,’ उनले भनिन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाका प्रत्येक पालिकाले विपद् प्रतिकार्य योजना तयार पारेर अगाडि बढ्ने निर्णय गरेको छ । यस्तै प्रत्येक वडामा १६ प्रकारका विपद् रोकथाम, नियन्त्रण तथा उद्धार सम्बन्धी सामग्रीको व्यवस्था गर्ने र सबै क्षेत्रसँगको समन्वय र सहकार्यमार्फत अगाडि बढ्ने निर्णय गरेको छ । बाढीपहिरोको उच्च जोखिममा परेका बस्ती स्थानान्तरण गरिनुपर्ने आवाज समेत उठ्ने गरेको छ । केही घरपरिवार उच्च जोखिममा भए पनि सरकारले बस्ती स्थानान्तरणका लागि कुनै पहल नगरेको सरोकारवालाको भनाइ छ । गाउँ–गाउँमा डोजरमार्फत सडक खन्दा पनि पहिरोको जोखिम बढेको छ । बाढीपहिरोले जिल्लामा वर्षेनि करोडौंको क्षति हुने गरेको छ ।  

सम्बन्धित सामग्री

डडेल्धुराको डाइनीका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–७ मा पर्ने डाइनी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको छ।गाउँको छेउबाट  बग्ने भालुखोला, कोइराले खोलाले वर्षेनि कटान गर्न थालेपछि डाइनीका स्थानीयका घर तथा खेत बाढीपहिरोको उच्च जोखिममा परेका हुन्।यहाँका ३५ परिवार बाढीको उच्च जोखिमा रहेको डाइनीका स्थानीय चक्रबहादुर धामीले बताए। वर्षायाम सुरु हुनै लाग्दा यहाँका स्थानीयलाई बाढीपहिरोले उठिबास नै लगाउने हो कि भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ। यस वर्ष यहाँ राम्रोसँग तटबन्ध नभए बस्ती नै सखाप

कालीकोटका ५१ बस्ती बाढी पहिरोको जोखिममा

मान्म – कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन्। जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ। यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढीपहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायत बस्ती बाढीपहिरोको […]

कालीकोटका ५१ बस्तीमा बाढी, पहिराको जोखिममा

कालीकाेट । कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ । यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढीपहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, […] The post कालीकोटका ५१ बस्तीमा बाढी, पहिराको जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाढी-पहिरोको जोखिममा कालीकोटका ५१ बस्ती

कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन्। जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ। यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढीपहिरोको जोखिममा छन्...

कालीकोटका ५१ बस्ती बाढी, पहिराको जोखिममा

कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ ।यस पालिकाका १३ बस्तीका पाँच सयभन्दा बढी घर बाढीपहिरोको जोखिममा छन् भने कम जोखिममा भएको पालिकामा तिलागुफा नगरपालिका रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । तिलागुफाको पनि छाप्रेका टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायत बस्ती बाढीपहिरोको जोखिममै रहेको नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । रास्कोट नगरपालिका–११, सान्नीत्रिवेणी गाउँपालिकाका–७

कालीकोटका ५१ बस्ती, बाढी पहिराेको जोखिममा

कालीकोटको नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ ।...

रास्कोटको नमुना बस्ती समुदायलाई हस्तान्तरण

काठमाडौँ,२० भदौ । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा निर्माण भएका नमुना बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाले बाढीपहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने योजनाअनुसार नमुना बस्ती निर्माण गरिएको हो । जोखिम बस्तीको पहिचान गरी सुरक्षित स्थानमा बस्ती सार्ने उद्देश्यले नगरकै नमुना बस्तीको निर्माणमा रास्कोट नगरपालिका वडा नं ७ का एक सय घर परिवार छनोट […]

बाढीपहिरोको उच्च जोखिममा सिन्धुली

सिन्धुली । अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोका कारण जिल्लाका विभिन्न बस्ती तथा घरहरू जोखिममा परेका छन् । कमलामाई नगरपालिकाका विभिन्न ठाउँमा पहिरोका गएका कारण बस्तीहरू जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीले जनाएको छ । कमलामाई नगरपालिका–७ को एकपाखेमा पहिरोका कारण ६, ७ घर उच्च जोखिममा परेका छन् । पहिरोका कारण सिन्धुलीदेखि […] The post बाढीपहिरोको उच्च जोखिममा सिन्धुली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बाउली बस्ती बाढीपहिरोको जोखिममा

बाजुराको बडीमालिका नगरपालिका–८ र ९ को राप्का बाउली बस्तीहरू बाढीपहिरोको उच्च जोखिममा परेका छन्। खोलाले बस्तीको दायाँतर्फको जमिन बर्सेनि कटान गर्दै गएपछि राप्का र बाउली बस्ती बाढीपहिरोको जोखिममा परेका हुन्। बाउली खोलाले प्रत्येक वर्ष बर्खाको समय जमिन कटान गर्दै गएपछि अहिले राप्का र बाउलीका स्थानीयवासी बस्ती नै खोलाले बगाउने हो कि भन्ने डरले चिन्तामा छन्। स्थानीयका अनुसार प्रत्येक वर्ष बर्खाको समय बाउली खोलाले जमिन कटान गर्दै गएकाले अहिले बस्ती जोखिममा रहँदै आएको छ।

बाढीपहिरोको जोखिममा बाउँली बस्ती

बाजुराको बडिमालिका नगरपालिका ८ र ९ को राप्का बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका छन् । खोलाले बस्तीको दायाँतर्फको जमिन बर्सेनि कटान गर्दै गएपछि राप्का र बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका हुन् ।