बाजुराको बडीमालिका नगरपालिका–८ र ९ को राप्का बाउली बस्तीहरू बाढीपहिरोको उच्च जोखिममा परेका छन्। खोलाले बस्तीको दायाँतर्फको जमिन बर्सेनि कटान गर्दै गएपछि राप्का र बाउली बस्ती बाढीपहिरोको जोखिममा परेका हुन्। बाउली खोलाले प्रत्येक वर्ष बर्खाको समय जमिन कटान गर्दै गएपछि अहिले राप्का र बाउलीका स्थानीयवासी बस्ती नै खोलाले बगाउने हो कि भन्ने डरले चिन्तामा छन्। स्थानीयका अनुसार प्रत्येक वर्ष बर्खाको समय बाउली खोलाले जमिन कटान गर्दै गएकाले अहिले बस्ती जोखिममा रहँदै आएको छ।