चीनका गतिविधिबाट सैनिक चुनौति बढेको नेटोको आरोप

एजेन्सी। नेटोका नेताहरुले चीनले आफ्ना गतिविधिबाट गम्भीर सैन्य चुनौति प्रस्तुत गरेको आरोप लगाएका छन्। बेल्जियमको ब्रसेल्समा भएको बैठकमा नेताहरुले चीनका गतिविधिलाई प्रणालीगत चुनौति भएको बताएका छन्। उनीहरुले चीनले तीव्र गतिमा परमाणु क्षमता विस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकीकरणमा अपारदर्शी रहेको उनीहरुको आरोप छ । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले चीन सैन्य तथा प्राविधिक क्षमतामा नेटोको हाराहारीमा आइसकेको बताएका छन्।

सम्बन्धित सामग्री

चीनले बढायो तिव्र गतिमा परमाणु हतियार, नेटो अत्तालियो

बेइजिङ, ६ वैशाख। चीनले तिव्र गतिमा परमाणु हतियार बढाएकोप्रति नेटोले चिन्ता व्यक्त गरेको छ। सन् २०३५ सम्म चीनसँग करिव १ हजार ५ सय परमाणु हतियार हुने दाबी नेटोको छ। नेटोका सेक्रेटरी जेन्स स्टोल्टनबर्गले भने, ‘हामी चीनको विरोधी होइनौं तर हाम्रो हित, नेटोको मूल्य र हाम्रो सुरक्षामा केही चुनौति थपेको छ। यसकारण चीनसँग कुराकानी गर्न अझ आवश्यक छ।’

रुसले भन्यो- अमेरिका र नेटो राष्ट्रिय सुरक्षाको ‘मुख्य खतरा’

५५ पृष्ठको दस्तावेजमा राष्ट्रिय सुरक्षा र विकासका लागि 'मुख्य चुनौति र खतराहरू' वाशिंगटनको 'विश्वका महासागरहरूमा प्रभुत्व जमाउने रणनीतिक उद्देश्य' र रुसको सिमानातर्फ विस्तार हुँदै गरेको नेटोको सैन्य पूर्वाधार हो,' भनेर उल्लेख गरिएको छ ।