बहिरंग सेवा सञ्चालन गर्ने तयारी

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रका बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र)बाट विशेषज्ञ डाक्टरसहितको बहिरंग सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सबै वडाका जनतालाई गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्‍याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गर्दै आएको महानगरपालिकाले कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि बहिरंग सेवा सञ्चालन गर्ने तयारी गरेको हो । कार्यक्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न बर्थिङ सेन्टरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका स्वास्थ्य अधिकृत रितेश जयसवालले जानकारी दिए । अहिले महानगरको पाँच स्थानमा स्थापना गरिएको सेन्टरबाट विशेषज्ञ डाक्टरसहितको बहिरंग सेवा सञ्चालन गरिने र अर्को वर्ष अन्य स्थानमा स्थापना भएका बर्थिङ सेन्टरबाट सेवा सञ्चालन गरिने तयारी भएको उनले बताए । यसका लागि महानगरपालिकाले बजेट समेत विनियोजन गरिसकेको छ । सेन्टरबाटै विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा प्रदान गर्ने तयारी भएपछि तत्कालका लागि ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ स्थगित गरिएको स्वास्थ्य अधिकृत जयसवालको भनाइ छ । गत २०७९ भदौदेखि शुरू भएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’अन्तर्गत हालसम्म १० हजार २३३ जनाले स्वास्थ्य परीक्षण गराएको महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले बताएको छ । महानगरपालिकाका १२ वडामा सञ्चालन गरिएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’अन्तर्गत १० हजार ८८५ जनाले स्वास्थ्य जाँचका लागि नाम दर्ता गराएकोमा ६ हजार ४२१ महिला र तीन हजार ८१२ पुरुष गरी १० हजार २३३ जनाले सेवा लिएका थिए । सोही कार्यक्रममा ४५३ जनाले यूएसजी सेवा, ६७ जनाले ईसीजी सेवा र दुई हजार १७२ जनाले ल्याब परीक्षण सेवा लिएका छन् । जाँच गराएकोमध्ये २९ महिला र १६ पुरुष गरी ४५ जनालाई थप उपचारका लागि सिफारिश गरिएको स्वास्थ्य अधिकृत जयसवालले बताए । ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’मा तीन विशेषज्ञ डाक्टरसहित नर्स, अनमी र एचए एक/एक, तीन अहेब र दुई ‘ल्याब एसिस्टेन्ट’ परिचालन गरिएको थियो । रासस

सम्बन्धित सामग्री

बहिरङग सेवा सञ्चालन गर्ने तयारी

काठमाडौँ,१० फागुन । पर्साको वीरगञ्ज महानगपालिकाले नगरक्षेत्रका बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) बाट विशेषज्ञ डाक्टरसहितको बहिरङग सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सबै वडाका जनतालाई गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गर्दै आएको महानगरपालिकाले कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी गरेको हो । […]

भदौदेखि एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी

काठमाडौँ,१९ साउन । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको स्वामित्व हस्तान्तरण भएसँगै प्रतिष्ठानलाई एमडी एमएस कक्षा सञ्चालनको बाटो खुलेको हो । अबको एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी भइरहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिए । “हामी भदौदेखि […]

बङ्लादेशका विद्यालयहरू पुनः सञ्चालन गर्ने तयारी

बङ्लादेशका विद्यालयहरू पूनः सञ्चालन गर्ने तयारी भएको छ । प्रधानमन्त्री शेख हसिनाले कोरोनाभाइरसको महामारी कम हुदै गएकाले विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइन् । उनका अनुसार यही फेब्रुअरीको अन्त्यदेखि देशभरीका सबै शैक्षिक संस्थाहरू सञ्चालन गर्ने तयारी भएको हो । भौतिक रूपमा उपस्थित भएर अध्ययन गर्न नपाउँदा विद्यार्थीहरूले दिक्क मानेको, साथी तथा शिक्षकशिक्षिकालाई भेट्न खोजेको, कक्षाकोठा तथा विद्यालयमा रमाउन चाहेको पनि उनले बताइन् । प्रधानमन्त्री हसिनाले देशभरी खोप लगाएका विद्यार्थीहरूको सङ्ख्या, विद्यालयहरूको ...

‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने तयारी

सरकारले ‘पढ्दै कमाउँदै’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।  शनिवार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले त्यसले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे ।  अर्थमन्त्री शर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिइरहेको पनि बताए ।...

जर्मनीमा विद्यालय सञ्चालन गर्ने तयारी

कोरोना भाइरसको डेल्टा भेरिएन्ट फैलिएपनि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा तथा संस्कृति मामिला मन्त्रीले बताए।

लाईसेन्सको परीक्षा सञ्चालन गर्ने तयारी

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। कोरोनाभाइरस महामारीका कारण स्थगित भएको परीक्षा अबको केहि दिनमै सुरु गर्ने तयारी भएको हो । तत्काल नयाँ आवेदन माग गर्ने सम्भवना भने कम रहेको विभागले जनाएको छ। झन्डै छ लाखले परीक्षाका लागि निवेदन दिएपनि परीक्षा भएको छैन ।

रेल सञ्चालन तयारी

सरकारले नौ महिनाअघि भारतबाट ल्याएर थन्क्याएको रेल सञ्चालनको तयारी सुरु गरेको छ ।रेल सञ्चालनका लागि कुर्था–जनकपुर–जयनगर खण्डमा आइतबार रेल्वे ट्रयाकको स्पिड ट्रायल टेस्ट गर्न लागेको छ । भारत सरकारले ट्रयाक बुझाउने तयारी गरेकाले गर्दा ट्रयाक टेस्ट गरेर भारत सरकारले नेपाल हस्तान्तरण गर्न लागेको हो । “कति गतिमा रेल सञ्चालन गर्न सकिन्छ, सोही अनुसार ट्रयाक तयार […]

भोलिदेखि लामो दूरीमा सवारीसाधन सञ्चालन गर्न दिने तयारी

काठमाडौं : सरकारले भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरुले लामो दूरीमा दुई महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा सञ्चालन गर्न दिने तयारी गरेका हुन्।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले लामो दूरीको यातायात सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेकाले सञ्चालन गर्न दिनेबारे छलफल भैरहेको जानकारी दिए। थप छलफल गरेर यसबारे निर्णय गर्न आज दिउँसो एक बजे तिन वटा जिल्लाका प्

लुम्बिनी प्रदेशद्वारा रुपन्देही र बाँकेमा विद्युतीय बस सञ्चालन गर्ने तयारी

दाङ - लुम्बिनी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष प्रदेशका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । लुम्बिनी प्रदेशको रुपन्देही र बाँके जिल्लाका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेकाे हाे । प्रदेश सरकारले तीन ठाउँमा विद्युतीय बस चलाउने तयारी गरेकाे भए पनि दाङमा भने सडक विस्तारको काममा ढिलाइ भएका कारण आउँदाे आर्थिक वर्षमा विद्युतीय बस सञ्चालन गर्न नसकिने भएको हो । घोराही-तुलसीपुर सडक विस्तारको काम पूरा नहुँदा दाङलाई छोडेर आउँदाे आर्थिक वर्ष बाँकेको नेपालगञ्ज-कोहलपुर सडक र रुपन्देहीको बुटवल-भ...

लमजुङमा ‘हाम्रो घर’ आश्रम सञ्चालन गर्ने तयारी

लमजुङको सुन्दरबजार–८, भोटेओडार बगैंचामा मानव सेवा आश्रम सञ्चालन हुने भएको छ । सामाजिक सेवामा क्रियाशील युवाले हाम्रो घर नामक मानव सेवा आश्रम सञ्चालन गर्ने तयारी गरेका हुन् ।अशक्त, बेसहारा, अभिभावकविहीन, मानसिक समस्याका बिरामी एवं सडकमा मागेर हिँड्ने बालबालिका तथा ‘सडक मानव’ लाई उद्धार गरी राख्ने तयारीका साथ हाम्रो घर नामक आश्रम स्थापना गर्ने तयारी गरिएको […]