सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा कोभिड–१९ सङ्क्रमणको जोखिम उच्च हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको हो ।
सङ्क्रमणको दोस्रो लहर देखिएपछि अधिकांश बिरामीमा फोक्सो र मुटमा गम्भीर असर पु¥याएको छ । अहिले सङ्क्रमितलाई धेरै जसो फोक्सोमा समस्या आई अक्सिजन दिनु परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र एक्शन नेपालले आयोजना गरेको ‘कोभिड–१९ को सङ्क्रमणबाट बचाउन नागरिकलाई सुर्तीजन्य पदार्थ छुटाउ&...