सहिद स्मारक ‘ए’ डिभिजन लिग : पुलिससित च्यासल पराजित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हात पारेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । पुलिसको जितमा रविशङ्कर पासवान नायक बने । दुवै गोल उनैले गरे । […]