पाँच दिनको अस्पताल बसाईपछि प्रम ओलीको स्वास्थ्य रिपोर्ट 'नर्मल', आजै 'डिस्चार्ज' हुँदै :: Pahilopost.com

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझ अस्पतालबाट डिस्चार्ज गरिदै छ। छातीमा संक्रमण देखिएपछि गत सोमबार प्रधानमन्त्री ओली राजधानीको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भर्ना भएका हुन्। पाँच दिनदेखि सेन्टरमा उपचार गराइरहेका प्रम ओलीको स्वास्थ्य एकदम फिट भइसकेको उनका निजी चिकित्सक डा दिव्या सिंहले जानकारी दिइन्। 'उहाँ

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन: मतदातालाई स्वास्थ्य सेवाकै चिन्ता

आसन्न स्थानीय निर्वाचनको मौन अवधि मंगलबार मध्यरातबाट सुरु हुँदै छ । प्रचारका लागि एक दिनको मात्रै समय बाँकी रहेकाले ललितपुरको दक्षिणी भेगमा सबै दलका उम्मेदवारहरूलाई मत माग्ने चटारो छ । दुर्गम पहाडी भेगमा घण्टौं हिँडेर पनि उम्मेदवारहरु भोट माग्न घरदैलौमै पुगेका छन् ।

९ दिनमा ७ गुणाले बढ्यो बालबालिकामा संक्रमण

२९ पुस, काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रमित हुने बालबालिकाको संख्यामा वृद्धि हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो ९ दिनको तथ्यांक हेर्ने हो भने संक्रमित हुने बालबालिकाको संख्या ७ गुणाले वृद्धि भएको छ । २१ पुसमा १० वर्षभन्दा मुनिका ७ जना बालबालिकामा संक्रमण पुष्टि भएको थियो । […]

२० दिनको तथ्यांकमा हेर्नुस्- चाडबाडले बढाउँदै छ संक्रमणको जोखिम

काठमाडौँ– पछिल्लो समय कम हुँदै गएको कोरोना भाइरस संक्रमणको ग्राफ उकालो चढ्ने क्रममा छ। गएको जेठबाट उच्च बिन्दुमा पुगेको संक्रमण दर असोजको अन्तिमसम्म ह्वात्तै घटेको थियो। तर केही दिन यता संक्रमण दर उकालो लाग्न थालेको स्वास्थ्य मन्त्रालयले सर्बजनिक गर्दै आइरहेको तथ्याङ्कले देखाएको छ। मन्त्रालयको तथ्याङ्क अनु्सार दसैँ अगाडि संक्रमण दर घटेर ५ प्रतिशतसम्म पुगेको थियो। […]

रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुन: शुरु हुँदै

भदौ १४, काठमाडौं । कोरोना महामारीका कारण विगत चार महीनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः शुरु हुने भएको छ । यातायात व्यवस्था विभागका अनुसार भदौ तेस्रो सातादेखि लिखित र प्रयोगात्मक परीक्षा दुवै शुरु गर्ने तयारी शुरु गरिएको हो ।  गत आइतवार सूचना प्रकाशित गर्दै कार्यालयले गत वैशाख १५ गतेदेखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा यही भदौ २० गते देखि सञ्चालन गर्न लागेको बताएको छ । प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरु, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी हुन बाँकी परीक्षार्थीहरु र कार्यालयमा उपस्थित भई वर्ग थपको लागि राजस्व बुझाइसकेका सेवाग्राहीलाई सेवा लिन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । विभागले आफू मातहतका कार्यालयलाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको बताएको छ । विभागका निर्देशक लोकनाथ भुसाालका अनुसार अब यातायात व्यवस्था कायालयहरूले कम्तीमा सात दिनको समय राखेर सूचना प्रकाशन गरी परीक्षा सञ्चालन गर्नुपर्ने छ । करीब ७  लाख सेवाग्राहीहरु सवारीसाधनको लाइसेन्स ट्रायल खुल्ने प्रतिक्षामा रहेका छन् ।

भारतमा दैनिक संंक्रमितको संख्यामा फेरि कमी हुँदै

भदौ ५,  नयाँदिल्ली । भारतमा दैनिक संक्रमितको संख्यामा कमी आएको छ । सरकारी अधिकारीले शनिवारर सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४५७ जना नयाँ संक्रमित थपिएका छन् । जवकी त्यसको अघिल्लो दिन २४ घण्टामा ३६ हजार ५७१ जना नयाँ संक्रमित थपिएका थिए ।             त्यसैगरी अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाको संख्यामा पनि कमी आएको छ । अघिल्लो दिन ५४० जनाको मृत्यु भएको थियो भने पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।             मन्त्रालयकाअनुसार अहिले संक्रमितका अवस्थामै रहेकाको संंख्या पनि १५१ दिन यताकै सवैभन्दा धेरै रहेको छ । अहिले भारतमा ३ लाख ६१ हजार ३४० जना संक्रमित अवस्थामै रहेका छन् । यो पनि अघिल्लो दिनको तुलनामा कम हो ।             अघिल्लो दिन भने संक्रमित अवस्थामै रहेका संक्रमितको संख्या  ३ लाख ६३ हजार ६०५ रहेको थियो । कोरोनाभाइरसबाट संक्रमित भएर पनि भारतमा अहिलेसम्म ३ करोड १५ लाख ९७ हजार ९८२ जना संक्रमणमुक्त भइसकेका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ३६ हजार ३४७ जना संक्रमणमुक्त भएका हुन् । रासस/ एएनआई

भारतमा २४ घण्टामा २८ हजारभन्दा बढी सङ्क्रमित

अघिल्ला दिनको तुलनामा दैनिक सङ्क्रमितको सङ्ख्यामा क्रमशः कम हुँदै आएको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।

बीपीको आन्दोलन लम्बियो

धरान । चारैजना पदाधिकारीको राजीनामा र प्रधानमन्त्री तथा कुलपतिको पहलमा उच्चस्तरीय वार्ता समिति गठन गरिनुपर्ने अडान संयुक्त संघर्ष समितिले कायमै राखेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन लम्बिने भएको छ । आन्दोलनरत पक्ष र पदाधिकारीहरूबीच वार्ताको वातावरण बनाउन आएका स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँग वार्ता हुन नसक्दा आन्दोलन थप लम्बिने भएको हो । वार्ता नगराउन आएका प्रतिनिधिहरू वार्ताको प्रयास असफल भएपछि काठमाडौं फर्किएका छन् । प्रतिष्ठानमा वार्ता शुरू गराउन समन्वयकारी भूमिकाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा. रोशन पोखरेल र डा. मदन उपाध्याय आएका थिए । दुवैले आन्दोलनकारी र पदाधिकारीहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । वार्ता गराउन नसके पनि उनीहरूले प्रतिष्ठानको वर्तमान परिस्थितिबारे रिपोर्ट तयार गरेर प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा बुझाउने बताएका छन् । सरोकारवाला पक्षहरूसँग पनि प्रतिष्ठानको अवस्था र समाधानबारे राय बुझ्ने प्रतिनिधि डा. पोखरेलले बताए । आन्दोलनरत संयुक्त संघर्ष समितिले सोमवार वार्ता गर्न अस्वीकार गरेको थियो । समितिका सहसंयोजक डा. विष्णु पोखरेलले मन्त्रालयबाट आएको टोली कुनै आधिकारिक नभएको स्पष्ट पारे । ‘टोली आधिकारिक होइन, उहाँहरूले कुनै पत्र देखाउनु पनि भएन, त्यसैले यथार्थ बुझ्न मात्रै आउनु भएको हो ।’ समितिले अधिकारसम्पन्न वार्ता टोली वा आयोगसँग मात्र वार्तामा बस्ने अडान मन्त्रालयको टोलीसमक्ष पनि राखेको छ । बीपी प्रतिष्ठानबाट शुरू भएको आन्दोलन देशव्यापी हुँदै गएकाले चारैतिरबाट दबाब सृजना गर्दै सबैको ध्यानाकर्षण गराउनेतर्फ आन्दोलन अग्रसर हुने उनको भनाइ छ । संघर्ष समितिले दिएको ७ दिनको अल्टिमेटम मंगलवार सकिएको छ । उनीहरूले ७ दिनपछि सामूहिक राजीनामा दिएर काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका थिए । तर अहिले देशैभरिकै प्रतिष्ठानको सुधारको माग उठिरहेकाले आ–आफ्नै स्थानमा दबाब सृजना गरिराख्ने उनले बताए । जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले पनि पदाधिकारीहरूसँग वार्ता गराउन मन्त्रालयको टोली आएकाले समस्या समाधान हुने छाँट नदेखिएको बताए ।

चीनबाट टिपर तथा एम्बुलेन्स आयात

असार १७, रसुवा । सामान ढुवानीमा प्रयोग हुने टिपर तथा बिरामी बोक्ने एम्बुलेन्स चीनबाट रसुवागढी नाका हुँदै आयात भएका छन् ।  आयातको परिमाण २० अ‍ोटा ठूला टिपर एवम् एक एम्बुलेन्स रहेका छन् । ती सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यही असार १ गतेदेखि १५ दिनको अवधिमा उक्त सवारी साधन पासाङल्हामु राजमार्ग हुँदै पर्साको वीरगञ्जतर्फ प्रस्थान भएका बताइएको छ । सवारी साधनका अलावा फलफूल स्याउ, निर्माणाधीन विद्युत् आयोजनाका उपकरण, ओखर, लसुन, जुत्ताचप्पल, तयारी पोशाक, अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री रहेका छन् । आयात भएका सामग्री बोक्ने मालवाहक सवारी साधन नियमितरूपमा राजधानी काठमाडौंतर्फ प्रस्थान गरिरहेका छन् । अनिवार्य मास्क लगाउन र एक सहयोगीबाहेक अन्य व्यक्ति नराख्न चालकलाई बारम्बार अग्रह गरिएको प्रहरीले जानकारी दिएको छ ।  कोरोना संक्रमणको जोखिम बढेसँगै पासाङल्हामु राजमार्गमा गुड्ने सानाठूला सबै प्रकारका सवारी साधनमा ठाउँ ठाउँको जाँच परीक्षणमा भने शून्यता छाएको छ । अवैध चिजवस्तु ओसारपसार नियन्त्रण एवम् सुरक्षा प्रदानका लागि सडक मार्गमा तैनाथ गरिएका सुरक्षा अंगले कोरोनाको त्रास बढेपछि परैबाट गाडी नम्बर टिपाइ छाड्ने गरेका छन् ।  चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनर भन्सार कार्यालयबाट शिलबन्दी भई आउने र अन्य सवारी साधनको हकमा जरूरी कामको प्रकृति हेरी कोभिड नियन्त्रण व्यस्थापन समितिको अनुमतिमा मात्र गुड्ने भएकाले गैरकानूनी क्रियाकलापको आशंका गर्ने ठाउँ नरहेको प्रहरीले जानकारी दिएको छ । कोभिड - १९ को जोखिमलाई मध्यनजर राखी प्रहरीको रेखदेखमा स्वास्थ्य मापदण्ड पूरा गरेका चालक तथा कामदार मात्र रसुवागढी नाकामा जान पाउने र सीमा क्षेत्रमै एकीकृत रूपको परीक्षण गर्ने व्यवस्था गरिएकाले अन्य क्षेत्रमा थप परीक्षण गर्न आवश्यक नरहेको सुरक्षा निकायले बताएको छ । रासस

कोरोनाको कारण रोकिएको जनगणना पुनः शुरु हुँदै

असार १२, काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’का गतिविधि पुनः शुरु गर्ने सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतवार बस्ने भएको छ । गत वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले बढ्दो कारोना संक्रमणका कारण असहज परिस्थिती निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो । पछिल्ला दिनमा कोरोना संक्रमणदर केही नियन्त्रणमा आएसँगै जनगणनाका बाँकी कामलाई निरन्तरता दिने उद्देश्यले तथ्यांक विभागले जनगणना निर्देशक समितिको बैठक बोलाएको होे ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहने तथा विभिन्न मन्त्रालयका सचिव तथा विश्वविद्यालयका जनसंख्या र तथ्यांक विभागका प्रमुख सदस्य रहनेगरी निर्देशक समिति गठन गरीएको छ ।  केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले साउनको अन्तिम सातादेखि तथ्यांक लिन कार्यक्षेत्रमा पठाउनेगरी प्रस्ताव निर्देशक समितिको बैठकमा लैजान लागिएको जानकारी दिए । आगामी साउन अन्तिम सातादेखि शुरु गरी असोजको पहिलो सातामा सक्ने गरी कार्यातालिका बनाइएकोे उनको भनाइ छ । निर्देशक समितिले प्रस्ताव स्वीकृत गरेमा सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा जानेछ ।  रेग्मीले भने, ‘पहिला असार ८ गतेभित्र जनगणना लिने कार्य सक्नेगरी कार्ययोजना बनाएका थियौँ । अब हाम्रो प्रस्ताव असोजको पहिलो हप्ताभित्र सक्ने भन्ने छ । जुन दिन तथ्यांक लिएर सक्छौँ, त्यही दिनको नेपालको जनगणना भनेर निकाल्छौँ ।’ कार्यलय स्थापनाको काम सम्पन्न गरी सामग्री व्यवस्थापनअन्तर्गत प्रश्नावली, निर्देशिका, कापी, कलम, तालिम सामग्रीहरू जिल्ला र प्रदेशका कार्यालयमा पठाइसकिएको विभागले जानकारी दिएको छ । करीब ९ हजार सुपरीवेक्षकको छनोट गरीसकिएको छ । उनीहरूमध्ये केहीले ६ दिने तालिम लिईसकेका छन् भने केहीले आधा तालिमकै क्रममा निषेधाज्ञाका कारण तालिम पूरा गर्न पाएका छैनन् । उनीहरूलाई नै फेरि १÷२ दिनको पुनर्ताजगी तालिम दिने र कार्यक्षेत्रमा खटाउने विभागको तयारी छ ।  यस्तै ४० हजार गणकको छनोट र नियुक्ति प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ । केन्द्रीय तथ्यांक विभागले हरेक दश वर्षमा गर्ने राष्ट्रिय जनगणना विसं १९६८ देखि सञ्चालन गर्दै आएको छ । यसको बाह्रौँ श्रृंखला अहिले सञ्चालन हुँदैछ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विभागले जनगणनामा खटिएर घरघरमा आउने सबै गणक तथा सुपरीवेक्षकहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड संक्रमणको जोखिम न्यून गर्ने मापदण्ड अनिवार्य पालना गर्नुपर्ने व्यवस्था मिलाएको छ ।  सुपरीवेक्षक तथा गणकहरूले मास्क तथा फेससिल्ड लगाउने तथा सेनिटाइजरको प्रयोग र भौतिक दूरी कायम गरी अन्तर्वार्ता सञ्चालन गर्नेगरी आवश्यक तालिम र व्यवस्था मिलाईएको विभागका उपमहानिर्देशक रेग्मीले जानकारी दिए । देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्यांक संकलन गर्ने र संकलन भएको तथ्यांक प्रशोधन, प्रकाशन एवम् वितरण गर्ने समष्टिगत प्रक्रियानै जनगणना हो ।   नेपालको कुन–कुन क्षेत्र तथा भूभागमा के कति मानिस बसोबास गर्छन्, तिनीहरूमध्ये महिला, पुरुष, तेस्रो लिङ्गी, बालबालिका, काम गर्ने उमेर समूह र बृद्ध–बृद्धाको संख्या कति छ, तिनीहरूको बासस्थान र सुविधा के कस्ता छन् भन्ने विवरण जनगणनाको क्रममा संकलन गरिन्छ । रासस

मैले त कोरोना जितेँ, तपाईं पनि हिम्मत राख्नुस्

मैले मिर्गौला प्रत्यारोपण गरेको १४ वर्ष पूरा भएर १५ वर्ष लाग्यो। तीन वटा मेजर र ट्युमरको पनि अपरेशन गराएर स्वास्थ्य लाभ गरिरहेको छु। कोरोना पोजिटिभ भएर आठ दिनको अस्पताल बसाइपछि भर्खरै डिस्चार्ज भई घर फर्किएँ। म निको हुँदै छु। घरमै आराम गरेर बसिरहेको छु।