नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ। शुक्रबार महानगरपालिकाले नयाँ बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। यसअघि १५ दिन अगाडि यो क्षेत्रमा रहेका संरचना हटाउन महानगरले आग्रह गरेको थियो। महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो। काठमाडौँ महानगरले पछिल्लो समय […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरको डोजर आज बानेश्वरमा चल्यो (फोटोफिचर)

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले आज नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ। शुक्रबार महानगरपालिकाले नयाा बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको संसद् भवनदेखि थापा गाउँको मन्दिरसम्म सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

महानगरको डोजर अभियानपछि व्यवसायीहरु आफैं भत्काउन थाले अवैध संरचना

काठमाडौं महानगरपालिकाले कानुन विपरीत बनेका अवैध संरचनाहरु भत्काउन सुरु गरेपछि विभिन्न क्षेत्रमा संरचना बनाउनेहरुले नै हटाउन सुरु गरेका छन् । यस क्रममा बानेश्वरमा यूएफओ ब्रान्डलगायतका पसल चलिरहेको व्यावसायिक भवनको सञ्चालकले पार्किङ क्षेत्र खाली गर्न थालेको सूचना प्राप्त भएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताउनुभयो । महानगरले यसअघि नै अनधिकृत रूपमा संरचना निर्माण गरेका र पार्किङ गर्ने …