दाङ – दाङमा बिरुवा हुर्काउन र संरक्षण गर्न एक विद्यार्थी दुई बिरुवा कार्यक्रम सुरु गरिएको छ । रोपिएका बिरुवा हुर्काउन र संरक्षण गर्न विद्यालयसँग सहकार्य गरेर कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत हरेक विद्यार्थीले दुई वटा बिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम सुरु गरिएको हो । ‘एक घर दुई वृक्ष, सहर हाम्रो बनाउ स्वच्छ’ कार्यक्रम र विद्यालयको ‘एक व...