काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार ४१ मध्ये १५ खेल नेपालमा तय भएको हो । नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेल हुनेछन् । आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने विश्वकप नेपाल र बंगलादेशले संयुक्त रुपमा […]
काठमाडौं । नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै बडादसैँको टीका र जमरा लगाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौं इको होटेलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दसैँ उनीहरुले […]
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए।
स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दशैंको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन् ।
काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन आज मान्यजनबाट टीका र जमरा ग्रहण गरेपछि सर्वसाधारण परम्परागत लिङ्गे पिङमा रमाएका छन् । दसैँमा एकपटक भए पनि धर्ती छोड्नुपर्छ भन्ने प्रचलित मान्यताअनुसार विभिन्न स्थानमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म पिङ खेलेर खुसी साटासाट गरिरहेका छन् । दसैँको अवसरमा लिङ्गे पिङ खेल्ने परम्परा नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानका रूपमा […]