काठमाण्डाै - सरकारले आउँदो शनिवारदेखि मास्क अभियान सञ्चालन गर्ने भएको छ ।
कोराेना भाइरसको सङ्क्रमण फेरि फैलिन थालेसँगै मास्क अनिवार्य रुपमा लगाउन प्रेरित गर्ने उद्देश्यले एक हप्ते अभियान सुरु गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
'महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता' भन्ने नाराका साथ आउँदो शनिवारदेखि सुरु हुने अभियान २९ गतेसम्म चल्ने छ । कोरोना भाइरसको सङ्क्रमण बढिरहे पनि कतिपयले मास्क नलगाउने गरेको पाइए पछि अभियान चलाउन थालिएको हो ।
काठम...