काठमाडौं : कोभिड-१९ कहरका कारण चैत ११ गतेदेखि देशमा लकडाउन भयो। जसले गर्दा करिब ९ महिना शैक्षिक गतिविधिका क्रियाकलाप सबै ठप्प भए। कोभिडकै कारण विद्यार्थीको पढाइ प्रभावित भयो भने, शैक्षिक सत्रसमेत बिथोलियो।तर, सरकारले शैक्षिक सत्रलाई व्यवस्थित पार्न पहलकदमी चालेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार यस वर्षको शैक्षिक सत्रलाई लम्ब्याइएको छ। वैशाखबाट सुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्याइएकाे छ। कोभिड-