साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समय आउनुपूर्व नै नेपाली टोलीका लागि मुख्य टाउको दुखाइको विषय हुन्छ भारतलाई कसरी हराउने ? नेपालको पुरुष या महिला दुबै टोलीको लागि भारत बलियो प्रतिद्वन्द्वी हो । छिमेकी मुलुक भएका कारण राजनीतिक रुपमा पनि नेपाल र भारतको कुरा बेला–बेलामा जोडिन्छ । त्यसैले, नेपाली टोलीका लागि अन्य टिमसँगको खेलभन्दा भारतसँगको खेललाई विशेष महत्वका रुपमा लिइन्छ । नेपाली महिला टोलीको साफ सपनाको बाधक अहिलेसम्म भारत बनेको छ । नेपाल साफका चार फाइनल खेलमा भारतसँग पराजित