क्रोएसियाले सोमबार राति नेसन्स लिगमा फ्रान्सलाई १-१ को बराबरीमा रोकेको छ । फ्रान्सले दुई खेलसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २-१ ले पराजित भएको थियो । क्रोएसिया पनि अस्ट्रियासँग ३-० ले निराश भएको थियो । स्पेनलाई हराउँदै फ्रान्सले गत संस्करण नेसन्स लिगको उपाधि जितेको थियो । यसअघि ५२औं मिनेटमा एड्रिन राबियोटको गोलमा फ्रान्सले अग्रता लिएको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा क्रोएसिया खेलमा फर्किएको थियो । क्रोएसियाका लागि एन्डरेज क्रामारिचले पाएको पेनाल्टीक