धनगढी तारानगरका प्रेम चौधरीको परिवारमा १५ कट्ठा खेतमा फल्ने धानले वर्षभरि खान पुग्थ्यो । बाली भित्र्याउन ठिक्क भएका बेला गत कात्तिक पहिलो साताको बेमौसमी वर्षाले चौधरी परिवारमा बज्रपात पार्यो । काटेर सुकाउन राखिएको धान बाली डुबेपछि एक गेडो पनि भित्र्याउन पाएनन् ।