धान डुबान किसानले पाएनन् राहत

सल्यान : गत कात्तिक पहिलो साताको बेमौसमी वर्षाबाट भएको क्षतिको राहत किसानले अहिलेसम्म पाउन सकेका छैनन्। कोटेर सुकाएको धान वर्षाले डुबाएपछि सरकारले क्षतिपूर्ति दिने घोषणा गरेको थियो तर सरकारले घोषणा गरेको महिनौँ बितिसक्दा समेत किसानले राहत पाउन सकेका छैनन्। शुरुमा राहत पाइन्छ कि भनेर आशा गरेको किसानहरूको आशा भने अहिले निराशामा परिणत भएको छ। पाँच महिनाभन्दा बढी भइसक्दा समेत राहत नपाएको कुमाख गाउँपालिका– ३ रागेचौरका किसान लीलाधर केसीले बताए। आफ्नो खेतमा रहेको ३० मुरी धान काम नलाग्ने

सम्बन्धित सामग्री

धान डुबान किसानले पाएनन् राहत

धनगढी तारानगरका प्रेम चौधरीको परिवारमा १५ कट्ठा खेतमा फल्ने धानले वर्षभरि खान पुग्थ्यो । बाली भित्र्याउन ठिक्क भएका बेला गत कात्तिक पहिलो साताको बेमौसमी वर्षाले चौधरी परिवारमा बज्रपात पार्‍यो । काटेर सुकाउन राखिएको धान बाली डुबेपछि एक गेडो पनि भित्र्याउन पाएनन् ।