प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि उछिनेको छ । जारी मतगणनामा घण्टी र माओवादीबीच एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ । यस अवस्थामा फेरि माओवादी केन्द्रले लिड गरेको हो । माओवादी केन्द्रले १० लाख ६४ हजार १५२ मत पाउँदा घण्टीले १० लाख ६३ हजार ८३१ मत पाएको छ । यस्तै थ्रेस होल्ड कटाउनका लागि संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टी आठौं स्थानमा छ । समाजवादीले जम्मा २ लाख ५२ हजार मत पाउँदा