नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशनमा मतदान सकिएको छ । शनिबार बिहान ११ बजेदेखि सुरु भएको मतदान साँझ करिव ६ सकिएको हो । मतदानमा कुल १ हजार ६३१ मत खसेको छ । लुम्बिनी प्रदेश अधिवेशनमा १ हजार ६४८ मतदाता रहेको निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिए ।प्रदेशको नेतृत्व लिन सभापति शेरबहादुर देउवाको समूहबाट भरतकुमार शाह र देउवा इतर समूहबाट अमरसिंह पुनको नेतृत्वमा प्यानल सहित प्रतिस्पर्धामा छन् । मतगणना कति बेलादेखि गर्ने भन्ने बि