६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले ‘गर्न सकिने’ कामहरुलाई प्राथमिकतामा राखेर घोषणापत्र सार्वजनिक गर्ने भएको छ । जनतामा ठूलो आशा देखाएर कार्यान्वयन नहुने घोषणापत्र यसपटक सार्वजनिक नगरिने ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति’ले प्रष्टाएको छ । घोषणापत्रको प्रारम्भमा पृष्ठभूमिमा ओली सरकारले स्थानीय तहलाई अधिकार प्रत्यायोजन नगरेका साथै कानून बनाउने कार्यमा सहजीकरण नगरेको उल्लेख हुने छ […]