जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले एमालेमा भएको १० बुँदे सम्झौताले अदालतको निर्णयलाई नपार्ने बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा फैसला हुनुभन्दा एक दिन पहिले भएको सो सम्झौताले कुनै प्रभाव नपार्ने कर्णले बताए ।अधिवक्ता समेत रहेका नेता कर्णले एमालेमा भएको सम्झौता पार्टीको आन्तरिक विवादको विषय भएको र त्यसले सर्वोच्चको रिटसँग कुनै सरोकार नराख्ने बताए । उनले भने, ‘सर्वोच्च अदालतको रिटमा कुनै असर नपारे पनि विपक्षी गठबन्धनमा यसले ठूलो प्रभाव पार्नेछ ।