बागमती– रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक युवकको मृत्यु भएको छ । स्थानीय मनकामना सामुदायिक वनमा आइतबार बिहान ८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा लडेर मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई मनहरी गाउँपालिका–७ लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]
काठमाडौं- अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षले आफ्नो प्यानल सार्वनजिक गरेको छ। नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मंगलबार हुने चुनावका लागि पोखरेल पक्षले अध्यक्षदेखि केन्द्रीय सदस्यसमेत सबैको प्यानल सार्वजनिक गरेको हो । जसको खुला केन्द्रीय सदस्यमा केपी शर्मा ओली र शंकर पोखरेलको पनि नाम राखिएको छ।
काठमाडौँ। काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोमबार मात्रै काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख बराबरको धनमाल चोरी भएको हो। तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगाईंको कोठाबाट रु दुई लाख ९१ हजार, तारकेश्वर […]
काठमाडौ– काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोमबार मात्रै काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सोमबार मात्रै सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगाँईको कोठाबाट दुई […]