संखुवासभा : संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलाको मत गणना सुरु गरिएको छ।भोटखोला गाउँपालिकामा मतपेटिका संकलन ढिलाइ भएपछि मत गणना हुन सकेको थिएन। थुदाम मतदान केन्द्रको मतपेटिका आइपुगेपछि आइतबार साँझ ६ : १५ बजे बाट मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत शान्ति प्रसाद आचार्यले जानकारी दिए।सडक सञ्जाल नभएको भोटखोलामा गाउँपालिका केन्द्रसम्म आइपुग्न ३ दिन पैदल हिँड्नु पर्ने हुन्छ। यातायात पहुँच नभएको भोटखोलामा मतपेटिका संकलनमा ढिलाइ भएको थियो।भोटखोला गाउँपालिका २ दूधपोखरी आधारभूत विद्यालय