नर्विच सिटी प्रिमियर लिगमा फर्कियो

काठमाडौं। नर्विच सिटी प्रिमियर लिगमा फर्किएको छ। गएराति ब्रेन्टफोर्ड र स्वान्सी सिटीले विजयी नतिजा निकाल्न असफल भएपछि नर्विच प्रिमियर लिगमा उक्लिएको हो। च्याम्पियनसिपमा नर्विच दोस्रो स्थानको वाटफोर्डभन्दा आठ अंकले अगाडि छ। नर्विच २०१९÷२० को सिजन प्रिमियर लिगबाट रेलिगेशनमा परेको थियो। जारी प्रिमियर लिगबाट शेफिल्ड युनाइटेड रेलिगेशनमा परेको छ। च्याम्पियसिपमा नर्विचलाई वाटफोर्डले मात्र उपाधिबाट बञ्चित गराउन सक्छ।

सम्बन्धित सामग्री

नर्विच सिटी रेलिगेसनमा

प्रिमियर लिग क्लब नर्विच सिटी रेलिगेसनमा परेको छ । शनिबार राति भएको खेलमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि नर्विच रेलिगेसनमा परेको हो ।नर्विच सिटी दुई सिजनअघि मात्र प्रिमियर लिगमा बढुवा भएको थियो । नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ ।नर्विचमाथि जित दिलाउन एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले एक एक गोल गरे ।जितसँगै एस्टन ४० अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ । नर्विच २१ अंक जोडेर पुछारमा छ । नर्विच रेलिगेसनमा पर्ने प्रिमियर लिगमा यो सिजनको पहिलो टोली हो ।

इङ्लिस प्रिमियर लिग : वाटफोर्डमाथि नर्विच हावी

इङ्लिस प्रिमियर लिगमा रेलिगेसनको दबाबमा रहेका नर्विच सिटी र वाटफोर्डबीचको भिडन्तमा नर्विच हावी वनेको छ । शुत्रबार राति भएको खेलमा नर्विचले वाटफोर्डलाई उसैको मैदानमा ३–० गोलले हरायो ।

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा सिटीलाई जिताउन खेलको ७०औँ मिनेटमा केभिन डे ब्रुएनाले निर्णायक गोल गरे ।  जितसँगै सिटीले १३ अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीको ५६ अङ्क भएको छ भने दोस्रो स्थानमा रहेको चेल्सीको ४३ छ । यस्तै, गएरातिकै अन्य खेलमा वुल्भ्स् र नर्विच सिटी विजयी भएका छन् भने म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग बराबरीमा ...