बाराको ग्रामीण भेगका गर्भवती र सुत्केरीलाई घरमै निःशुल्क स्वास्थ्य सेवा

बारा : निजगढ नगरपालिकाले सञ्चालन गरेको ‘हेलो आमा’ कार्यक्रमले बाराको उत्तरी ग्रामीण भेगका सुत्केरी तथा गर्भवतीहरू लाभान्वित भएका छन्।यसअघि गर्भावस्थामा कुनै स्वास्थ्य समस्या देखिए निजगढ-११ कछडिया गाउँका अधिकांश महिला वीरगञ्ज, हेटौंडा र भरतपुरका अस्पताल पुग्ने गर्दथे। अहिले नगरपालिकाले घरमै पुगेर गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधिको व्यवस्था मिलाएपछि यस गाउँका महिलाहरू ढुक्क छन्।कछडिया गाउँकी २३ वर्षीया करुणा कुँवरले स्वास्थ्यकर्मीको टोलीले घरमै आएर स

सम्बन्धित सामग्री

महानगरद्वारा ज्येष्ठ नागरिकको घरमै निःशुल्क स्वास्थ्य सेवा

मोरङ, २१ फागुन । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिने काम आजदेखि सुरु गरेको छ । महानगरले १९ वटा वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्ररुपमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीलाई […]

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा

नवलपरासी, ७ साउन । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) बर्दघाट नगरपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । निः शुल्क उपचारका लागि नगरपालिकाकाभित्रका दुई सामुदायिक अस्पतालमा व्यवस्था मिलाएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । “अपाङ्गता भएकालाई स्वास्थ्योपचारमा सहज होस् भनेर निः शुल्क उपचारको सुरुआत गरेका हौँ”, उनले भने, “यसबाट उनीहरूलाई सहज हुनेछ […]

महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ।

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

काठमाडौँ,४ माघ । कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ । ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस्, नगर माथि गाउँघरमा स्वास्थकर्मी साथी’ नाराका साथ नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो । नागरिकको घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवालगायत सेवा प्रदान गर्ने गरिएको छ । नगरपालिकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत पालिकाभित्रका गर्भवतीको निःशुल्क […]

काँग्रेसको घोषणापत्र : ३ वर्षमुनि र ७३ वर्ष माथिका लागि निःशुल्क स्वास्थ्य सेवा

नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शनिवार पार्टी कार्यालय सानेपामा सार्वजनिक गरिएको घोषणा पत्रमा ३ वर्षमुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिने लगायतका विषय घोषणा पत्रमा समावेश गरिएको छ । कांग्रेस नेता डा. स्वर्णिम वाग्लेका अनुसार ५ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गरिने, स्वास्थ्य बिमा गरेका ६५ वर्षमाथिका लागि निःशुल्क स्वास्थ्य सेवा दिइने, उपचार गर्नका लागि कसैले घ

घरमै निःशुल्क स्वास्थ्य सेवा

काठमाडौँ,२३ साउन । गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका एक हजार भन्दा बढी ज्येष्ठ तथा अशक्त नागरिकले घरमै निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । गाउँपालिकाले सुरु गरेको ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ सेवा कार्यक्रमबाट पालिकाभित्रका एक हजार एक सय दुई जना लक्षित वर्गले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी […]

बाँकेको खजुरामा जेष्ठ नागरिकलाई गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा

बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि गाउँघरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ।

भोजपुरका नागरिकले पाए वरिष्ठ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा

गरिबीका कारण मुटु रोग, हार्डजोर्नी, दम, स्त्रीरोग जस्ता रोगबाट ग्रस्त भोजपुर जिल्लाका नागरिकले वरिष्ठ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा पाएका छन्। गरिबीका कारण उपचार गराउन नपाएका उनीहरुले  दावाँली मिलन क्लबको सक्रियतामा आफ्नै जिल्लामा उपचार गराएका हुन्।

घिरिङ गाउँपालिकामा हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख छ । नेपालको संविधानले हरेक नेपालीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने कुरालाई आत्मसात् गरेकाले गाउँपालिकाले त्यसलाई कार्यान्वयन गर्न लागेको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले द

हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।