बैतडी : विद्यालयमा चोरी गरेको आरोपमा आज दुईजना पक्राउ परेका छन्। दशरथचन्द नगरपालिका –१ स्थित मणिलेक मावि गुरुखोलाबाट गएको असोज १४ गते राति ल्यापटप र कम्प्युटर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो।बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार दशरथचन्द नगरपालिका वडा नं –४ का २० वर्षीय भूपेश भट्ट र सोही ठाउँका २१ वर्षीय खेमराम तिरुवालाई पक्राउ गरिएको हो।दुवै जनाले दशरथचन्द नगरपालिका लगायतका अन्य विभिन्न स्थानमा समेत ल्यापटप चोरी गरेको खुल्न आएको प्रहरीले जना