ठेक्का पक्की पुलको, बन्यो बाँसको

बिर्तामोड, पुस १८। झापाको बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट बग्ने बिरिङ खोलाको पुल निर्माण थालिएको ११ वर्षसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले शुल्क तिरेर बाँसको पुल तर्न बाध्य भएका छन् । पुल नबन्दा राजगढबाट झापा गाउँपालिका जाने र झापा गाउँपालिकाको पन्थापारा हुँदै किनमेलका लागि सीमापारि पुग्ने नागरिकले सास्ती खेप्दै आएका छन् । स्थानीय बाँसको भाटाबाट बनाइएको […]

सम्बन्धित सामग्री

तनहुँको बुल्दीखोलामा पाँच करोडको लागतमा पक्की पुल बन्दै

दमौली (तनहुँ), २४ फागुन । तनहुँको व्यास नगरपालिका–२ र १ करङकाठ जोड्ने बुल्दीखोलामा पक्की पुल निर्माण हुने भएको छ । पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । व्यास नगरपालिकाले धादिङको ज्वालामुखी कन्स्ट्रक्सनसँग बुल्दीखोलामा पुल निर्माणका लागि बुधबार सम्झौता गरेको हो । बुल्दीखोलामा पुल निर्माणका लागि गत पुस ३ गते विद्युतीय बोलपत्र आव्हान भएको […]

बनेन पक्की पुल, रोकियो ‘सडक समृद्धि’

ठेक्का लागेको ६ वर्ष पूरा हुँदासमेत तमोर नदीमा पक्की पुल बन्ने सुरसार नभएपछि जनदबाब बढाउन थालिएको छ।...

ठेक्का लागेको १२ वर्षपछि दैलेख र अछाम जोड्ने पक्की पुल बन्दै

दैलेख र अछाम जोड्ने पक्की पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण थालिएको छ । २०६७ सालमा ठेक्का सम्झौता भएको पुल निर्माण कार्य १२ वर्षपछि मात्र सुरु भएको हो । १३ करोड...

बेगखोलामा पक्की पुल निर्माण कार्य तीव्र

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ । कालिगण्डकी करिडोरअन्तर्गत बेगखोलामा सडक विभागमार्फत् योजनाको ठेक्का लगाएर पक्की पुल निर्माण कार्यले गति लिएको हो । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर बेनी–जोमसोम कोरला सडकअन्तर्गत पर्ने बेगखोलामा सडक विभागअन्तर्गत रहेको पुल महाशाखा काठमाडौंले ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल […]

राम्दीमा पक्की पुल बनाउन प्रक्रिया थालियो

गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो ।वि.सं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा पाँच–सात मिटर तल अर्को पुल बना

ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण सुरु भएन

म्याग्दी । मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको थियो । मालिका–५ र धवलागिरि–७ को […]

सम्झाैता भएकाे नौवर्षपछि कर्णाली करिडोरकाे खुलालुमा पक्की पुल

कालीकाेट - कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने खुलालुमा पक्की पुल निर्माण सम्पन्न भएको छ ।   याे पुल निर्माण गर्न २०६७ सालमा योजना सम्झौता  भइ २०६८ सालमा नै काम सक्नुपर्ने जनाइएको थियो । कन्काई नेपाल प्रगति जेभीले झण्डै १४ करोडमा पुल बनाउन ठेक्का पाएको थियो । सम्झौता भएको नौ वर्षपछि बल्ल पुल निर्माण भएको छ । एक महिनाभित्र नै पुल सञ्चालनमा आउने कम्पनीका सञ्चालक दीपक मैनालीले जानकारी दिनुभयो । 'औपचारिक शुभारम्भ गरेर एक महिनाभित्र नै सञ्चालनमा ...

दोधाराचाँदनीको कञ्जभोज जोड्ने जोगबुढा नदीमा पक्की पुल निर्माण

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो ।  मित्र निर्माण सेवाले १६ करोड रुपैयाँको लागतमा पुल निर्माण गरेको छ । ४ वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर छ । पुल निर्माण नहँुदा स्थानीय वासिन्दाले निकै सास्ती खेप्दै आएका थिए । नदी तर्नका लागि बनाइएको झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम मोलेर स्थानीय वासिन्दाले नदी वारपार गर्दै आएका थिए । नदीमा पक्की पुल निर्माण भएपछि सहजरूपम...

पक्की पुल बनिसक्यो, सडक चाहिँ छैन

८ कात्तिक, काठमाडौं । नुवाकोटको केउरेनी र धादिङको फोस्रेटार जोड्ने पक्की पुल गत वैशाखमा निर्माण सम्पन्न भयो । तीन वर्षमा सक्ने गरी २०७१ असार ३० ठेक्का लगाइएको उक्त पुल ७ वर्ष लगाएर पूरा त भयो तर सञ्चालनमा भने आउन सकेन । १५ करोड ११ लाख ३५ हजार लागतको १९२ मिटर लामो पक्की पुलको धादिङतर्फको क्षेत्रमा […]

महाकाली लोकमार्गमा ६ वटा पक्की पुल निर्माण हुने

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुला टिंकरसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालू आर्थिक वर्षमा ६ वटा पक्की पुल निर्माण हुने भएको छ । चालू आर्थिक वर्षमा डडेल्धुरा, बैतडी र दार्चुला गरी ६ वटा ठाउँमा पुल निर्माण हुने भएको हो ।  पुल निर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का लगाउने तयारी गरिएको महाकाली लोकमार्ग दार्चुला टिंकर सडक योजना प्रमुख आशुतोष कर्णले बताए । उनका अनुसार डडेल्धुराको घट्टे र ठूलीगाड खोलामा २ वटा, बैतडीको नीलगाड र कसानी खोलामा २ वटा तथा दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा २ ठाउँमा पक्की पुल निर्म...