गणतन्त्र र राष्ट्रियता रक्षाका लागि लोकतान्त्रिक शक्तिहरुबीच एकता आवश्यक : सिंह

जनकराज पौडेल, दक्षिण भारत । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु एकजुट हुनपर्ने बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले संसद पुनर्स्थापनाका लागि राष्ट्रिय जनमोर्चाको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्न आयोजनामा गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले २०६२÷०६३ को जनआन्दोलनका सहयात्री दलहरुबीचको एकतामा जोड दिनुभएको हो । महामन्त्री सिंहले ओली सरकारको पछिल्लो संसद विघटनको कदम अलोकतान्त्रिक, असंवैधानिक रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले प्रतिगमन उन्मूख सो कदमलाई रोक्न र गणतन्त्र, राष्ट्रियता तथा धर्म निपेक्षताको रक्षा गर्न लोकतान्त्रिक शक्तिहरु बीच सहकार्य गर्दै आन्दोलन गर्नु पर्नेमा जोड दिनु भएको थियो । सिंहले क्रान्तीकारि कोणबाट पनि रणनिति र कार्यनीति कार्यक्रम निश्चित गर्न असफल कतिपय वामपन्थी शक्तिहरुबाट समेत गणतन्त्र र संविधानप्रति प्रहार हुने गरेको भन्दै त्यस प्रकारका सोचाइले अन्ततः प्रतिगमनलाई नै सहयोग पुग्ने स्पष्ट पार्नु भयो । ‘अहिलेको गणतन्त्र वुर्जुवा प्रकारको गणतन्त्र हो । यसले जनताका आधारभुत समस्या समाधान गर्न सक्दैन’ सिंहले भन्नुभयो, ‘यद्यपि विभिन्न जनआन्दोलन र शहिदहरुका बलिदान त्यागले प्राप्त अधिकारहरु गुम्ने अवस्थामा यसको रक्षा गर्दै अघि बढ्नुपर्छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले नेपालका सत्तासिन पार्टीहरुलाई विदेशीले आफ्नो स्वार्थपुर्ति गर्न प्रयोग गर्दै आएको उल्लेख गर्दै संसद विघटनको घटनामासमेत विदेशी शक्तिहरुको हात रहेको स्पष्ट पार्नुभयो । उहाँले नेताहरुका सम्झौतापरस्त प्रवृतिका कारण देश सधैँ राजनीतिक अस्थिरतामा फस्दै आएको बताउनुभयो । वामपन्थी नेता आनन्द शर्माले कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा (मसाल) ले विगतदेखि नै गणतन्त्र, धर्मनिपेक्षता जोखिममा रहेको भन्ने विश्लेषण सहि रहेको र घटनाक्रमले मसालको विश्लेषण पुष्टी गरेको बताउनुभयो । कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी, महासचिव ठाकुर खनाल, सल्लाहकार तथा नेपाली एकता पत्रिकाका सहसम्पादक धरवीर पुन, सचिव प्रेम पौडेल, सदस्य भगवति कुवँर, मदन शर्मा, चोवनाथ शर्मा, मदन भण्डारी, मोहराज चालिसे, सल्लाकार तथा दक्षिण भारत पेशेवर नेता केवि थापाको आतिथ्यता रहेको थियो । महेन्द्र बस्यालको अध्यक्षता, जनकराज पौडेको ...

सम्बन्धित सामग्री

समृद्ध गणतन्त्र नेपाल निर्माणका लागि एकताबद्ध हुनुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने बताए ।गणतन्त्र प्राप्तिका सबै दल एकताबद्ध भएर सङ्घर्षमा उत्रिएको उल्लेख गर्दै उनले गणतन्त्रलाई समृद्ध बनाउन पनि एकताबद्ध भएर लाग्नुपर्ने बताए । गणतन्त्रलाई समृद्ध बनाउन आजको दिनले सबैलाई प्रेरणा दिने उनको विश्वास छ ।गणतन्

समृद्ध गणतन्त्र नेपाल निर्माणका लागि एकताबद्ध हुनुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताएका छन्। गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने बताएका छन् । गणतन्त्र प्राप्तिका सबै दल एकताबद्ध भएर सङ्घर्षमा उत्रिएको उल्लेख गर्दै उनले गणतन्त्रलाई समृद्ध बनाउन पनि […]

समृद्ध गणतन्त्र नेपाल निर्माणका लागि एकताबद्ध हुनुपर्नेमा उपराष्ट्रपति पुनको जोड

काठमाडौं, १५ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने बताउनुभयो । गणतन्त्र प्राप्तिका सबै दल एकताबद्ध भएर सङ्घर्षमा उत्रिएको उल्लेख गर्दै उहाँले गणतन्त्रलाई समृद्ध बनाउन […]

होली पर्वले राष्ट्रियता¸लोकतन्त्र र गणतन्त्र सुदृढ गर्नेछ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फागु पूर्णिमा ‘होली’ पर्वले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता¸ लोकतन्त्र र गणतन्त्र सुदृढ गर्ने बताएका छन् । उनले बिहिबार एक शुभकामना सन्देश जारी गर्दै समाजवादको लक्ष्य हासिल गर्न हामी सबै नेपाली एकतावद्ध भई अघि बढ्न होली पर्वले प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन् ।उनले जारी गरेको विज्ञप्तीमा भनिएको छः ‘नेपालीहरुले तराई तथा पहाडमा हर्षोल्लास पूर्वक मनाउने रङ्गहरुको महान पर्व फागु पूर्णिमा –होली) का

ओली कदमविरुद्ध संयुक्त संघर्ष आवश्यक : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध संयुक्त संघर्ष आवश्यक भएको बताएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै ओलीको कार्यले देशको गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षतामाथि खतरा हुनुका साथै नेपालको गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षताका विरुद्ध रहेका विदेशी शक्तिहरूसँग आफ्नो सत्ता संरक्षणका लागि उनीहरुको रणनीतिका समेत हिस्सेदार बनेकाले स्थिति झन् गम्भीर बनेको जनाएको छ ।‘यदि ओलीका विरुद्ध संघर्ष गरिएन भने

जनताको जीवनस्तर सुधार गर्नुपर्ने आजको आवश्यकता

प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले गणतन्त्र दिवसको शुभ अवसरमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, आत्मसम्मान एवं मानवअधिकारको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि अदम्य साहसका साथ विभिन्न चरणका आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि तथा श्रद्धासुमन अर्पण गर्नुभएको छ । प्रदेशप्रमुखको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “आमूल परिवर्तनका …

गणतन्त्रलाई समाप्त पार्ने कोशिस त भएको छैन ? : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता एवं समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको सम्मान नगर्दासम्म गणतन्त्र सुरक्षित हुन नसक्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता नेपालले  नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता र स्वाभिमान समेतमा गम्भीर खतरा उत्पन्न हुँदा सशक्त आवाज उठाउनु गणतन्त्र प्रेमी र देशभक्त नागरिकको दायित्व  भएको समेत बताएका छन् ।‘यस ऐतिहासिक दिवसले गणतन्त्

शीतलनिवासबाट रातारात अर्को षड्यन्त्र भयो : जनार्दन

पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले राष्ट्रपति निवास शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको टिप्पणी भएको छ ।  बिहीवार राति एक ट्वीट गर्दै उनले राष्ट्रियता र संघीय गणतान्त्रिक गणतन्त्र विरुद्ध रातारात शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको उनले बताएका हुन् ।  उनले भनेका छन्,'राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध रातारात शितल निवास बाट फेरि अर्को षड्यन्त्र ।' राष्ट्रपति कार्यालयबाट संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया शुरू गर्न आह्वान भएको थि...

बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान जारी, धम्जामा कार्यक्रम सम्पन्न

तिलक थापा,बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले राष्ट्रिय जनमोर्चा बागलुङले दोश्रो चरणको विशेष संगठनात्मक अभियान धम्जामा सम्पन्न गरेको छ । ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा राजमोका राष्ट्रिय परिषद सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापाले सम्बोधन गर्नुभएको थियो । मन्तब्यको क्रममा उहाँले सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने फैसलाले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई असफल पारिदिनु स्वागत योग्य कदम हो भन्दै सत्ता गठबन्धनको चलखेल सँगै हुने राजनैतिक अस्थिरताले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता खतरामा रहेकोले सतर्क रहन आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा काठेखोलाका अध्यक्ष लक्षमण पुन, जातीय समता समाज बागलुङका सचिव एवं काठेखोला गाउँ कार्यपालिका सदस्य टिका संगम बिक, अखिल नेपाल शिक्षक संघका कुलदिप क्षेत्री, राजमो धम्जाका रनबहादुर पुन लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चा धम्जाका अध्यक्ष पूर्णबहादुर थापाको अध्यक्षता, सुनील कुमार खत्रीको स्वागत मन्तव्य र राष्ट्रिय जनमोर्चा धम्जाका सचिव उमेश थापाको सन्चालनमा सम्पन भएको थियो ।

कञ्चनपुरको लालझाडीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला

महेन्द्रनगर । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, ओली सरकारको असंवैधानिक कदम, सङ्घीयता र भ्रष्टाचारको विरोध गरौँ, प्रतिनिधि सभा पुनस्थापना गरौँ मूल नाराका साथ कञ्चनपुरमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाको एकमहिने अभियानअन्तर्गत लालझाडी गाउँपालिका वडा नम्बर १ को वडामा २०७७ माघ १७ गते सो कार्यक्रम सम्पन्न भएको थियो । राजमो जिल्लाध्यक्ष रामबहादुर कार्कीको प्रमुख आतिथ्यता तथा तराई–मधेस जनवादी मोर्चा महासचिव राजाराम चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा उपस्थित सहभागीलाई प्रशिक्षण दिइएको थियो ।